ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९५० को सन्धि पुनरावलोकन गर्न भारत तयार छ : कोशियारी


ABC NEWS

काठमाडौँ। नेपाल भारत सम्वन्धको सबैभन्दा जटिल विषय बन्दै आएको सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सबै खाले सम्झौता पुनरावलोकनमा भारत तयार भएको छ ।
आइतबार काठमाडौंमा सम्पन्न नेपाल भारत प्रबुद्ध ब्यक्ति समूह (ईपीजी) को सातौं बैठक पछि भएको पत्रकार सम्मेलनमा समूहका भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले सन्धि पुनरावलोकनका लागि भारत सकरात्मक भएको बताए ।

‘म भारत सरकारका तर्फबाट विश्वास दिलाउन चाहन्छु कि हामी कसैलाई पनि निराश हुन दिँदैनौँ,’ भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता समेत रहेका कोसियारीले दृढतापूर्वक बताए ।

काठमाडौंमा सम्पन्न बैठकमा दुवै पक्षले तयार गरेका मस्यौदामाथि छलफल भएको थियो।
बैठकमा सन् १९५० को सन्धि, खुला सीमा व्यवस्थापन, सीमा अतिक्रमण, सुरक्षालगायतका जटिल विषयमा छलफल भएको र छलफल सकरात्मक भएको नेपालतर्फका प्रमुख पूर्वमन्त्री भेषबहादुर थापाले बताए । इपिजीको कार्यअवधि अब जम्मा ४ महिनामात्र बांकी रहेको छ ।
‘हामी सोचाईका साथ अन्तिम लक्ष्यमा प्रवेश गर्ने क्रममा रहेका छौँ,’ डा.थापाले बताए । थापाले भने, ‘सबै कुरा निष्कर्षमा नपुगी भन्नु भएन, तर दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सीमा व्यवस्थापन, जलस्रोत लगायतका विषयमा हामी सकारात्मक दिशामा छौँ।’

जटिल भनिएका खुला सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षाका विषयमा दुबै पक्षले समान धारणा बनाएर समाधान खोज्न तर्फ लक्षित भएको बताउदै उनले प्रतिवेदन तयारी सुरु भ्एको जानकारी दिए।

ईपीजीलाई दिइएको समयसीमा भित्र हामीले सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्नेछौ थापाले भने ।

ईपीजीको आठौँ बैठक अर्को महिना दिल्लीमा बस्ने छ। आइतबार सम्पन्न बैठकमा भारतीय पक्षका सदस्य जयन्तप्रसाद अस्वस्थ भएका कारण उपस्थित हुन नसेको बताइएको छ ।

हालसम्म ईपीजीको ८ वटा बैठक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

स्पेनका पूर्वप्रधानमन्त्री लेख्छन् : ‘ट्रम्पको दृष्टिकोण विश्वस्तरमा अलगाववादी’

भारत, ट्रम्प २ः० बाट लाभान्वित भइरहेको छ

अर्को आणविक युगको लागि तयार होऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com