ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कटल्यान्डको हारले इंग्ल्यान्ड विश्वकपको सुपर ८


एबीसी न्यूज
असार २, २०८१ आईतबार  १२ : ०० बजे

काठमाडौं २ असार । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को अन्तिम खेलमा स्कटल्यान्ड अस्ट्रेलियासँग पराजित भएपछि इंग्ल्यान्ड सुपर ८ मा पुगेको छ।

आइतबार बिहान भएको खेलमा अष्टेलियासँग ५ विकेटले पराजित भएपछि इंग्ल्यान्ड शीर्ष २ मा रहँदै सुपर ८ मा पुगेको हो।

समूह बी मा रहेको अस्ट्रेलिया भने अपराजित रहँदै सुपर ८ खेल्नेछ। दोस्रो स्थानको इंग्ल्यान्ड र स्कटल्यान्डले समान ५ अंक भए पनि नेट रनरेटमा इंग्ल्यान्ड अघि रहँदै सुपर ८ मा पुगेको हो।

 

यी दुई टोलीले समान ४ खेलमा खेलमा २ मा जित र १ मा हार र एक् खेल वर्षाले रद्द हुँदा अंक बाँडेका थिए।

यो समूहबाट स्कटल्यान्डसहित नामिबिया र ओमान विश्वकपबाट बाहिरिएका छन्। स्कटल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले २ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो।

अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

माक्र्युस स्टोइनिस ५९ रन बनाउँदा मार्क वाटको बलमा बोल्ड आउट भए। उनले २९ बलमा ९ चौका र २ छक्का हाने। टिम डेभिड २४ र म्याथु वेड ४ रनमा नटआउट रहे।

स्कटल्यान्डका मार्क वाट र सफ्यान सरिफले समान २ विकेट लिए। ब्राड वेलको नाममा १ विकेट रह्यो।

त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो।

स्कटल्यान्डका ब्रान्डोन एमसीमुलेनले सर्वाधिक ६० रन बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्का हाने।

कप्तान रिची बेरिग्टोन ४२ रनमा नटआउट रहे। उनले ३१ बलमा १ चौका र २ छक्का हाने। ओपनर जर्ज मुन्सेले ३५ रन बनाए। म्याथु क्रसले १८ रन थपे।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २ विकेट लिए। एष्टोन अगर, नाथल इलिस र आडम जम्पाले समान १ विकेट झारे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com