ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यु जिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा


एबीसी न्यूज
जेष्ठ ३१, २०८१ बिहीबार  ११ : ४६ बजे

काठमाडौं ३१ जेठ । न्यु जिल्यान्डलाई पराजित गर्दै आयोजक वेस्ट इन्डिज आईसीसी टी(२० विश्वकपको सुपर ८ मा पुगेको छ।

बिहीबार भएको खेलमा न्यु जिल्यान्डलाइ १३ रनले पराजित गर्दै घरेलु टोली वेस्ट इन्डिज १ खेलअगावै सुपर ८ मा पुगेको हो।

विश्वकपमा वेस्ट इन्डिजले लगातार तेस्रो जित निकाल्दा न्यु जिल्यान्डले भने दोस्रो हार व्यहोरेको छ।

 

वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यु जिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो।

न्यु जिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रनको योगदान दिए। फिन एलेनले २६ रन थपे। मिचेल सान्टनरले २१ रन बनाए।

न्यु जिल्यान्डलाई कम स्कोरमा रोक्न अल्जारी जोसेपले ४ विकेट लिए। गुणाकेस मोतीले ३ विकेट झारे।

अकेल हुसेन रआन्दे रसेलले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको थियो।

वेस्ट इन्डिजका लागि शेफेन रथरफोर्डले अर्धशतक पूरा गरे। उनले ३९ बलमा २ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए।

निकोलस पुरनले १७ रन थपे। अकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफार्डले १३ रन बनाए।

न्युजिल्यान्डका ट्रेन बोल्टले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे। टिम साउथी र लोकी फर्गुसनले समान २ विकेट लिए। जेम्स निसाम र मिचेल सान्टनरले समान १ विकेट आफ्नो नाममा गरे।

लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज ६ अंकमा शीर्ष स्थानमा छ। २ खेलबाट ४ अंक भएको अफगानिस्तान दोस्रो स्थानमा छ।
३ खेलमा २ अंक भएको युगान्डा तेस्रो स्थानमा छ।

समान २ खेलमा हार भोगेका पपुवा न्यु गिनी र न्यु जिल्यान्ड अंक तालिकाको पुछारमा छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com