ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यु जिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा


एबीसी न्यूज

काठमाडौं ३१ जेठ । न्यु जिल्यान्डलाई पराजित गर्दै आयोजक वेस्ट इन्डिज आईसीसी टी(२० विश्वकपको सुपर ८ मा पुगेको छ।

बिहीबार भएको खेलमा न्यु जिल्यान्डलाइ १३ रनले पराजित गर्दै घरेलु टोली वेस्ट इन्डिज १ खेलअगावै सुपर ८ मा पुगेको हो।

विश्वकपमा वेस्ट इन्डिजले लगातार तेस्रो जित निकाल्दा न्यु जिल्यान्डले भने दोस्रो हार व्यहोरेको छ।

 

वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यु जिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो।

न्यु जिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रनको योगदान दिए। फिन एलेनले २६ रन थपे। मिचेल सान्टनरले २१ रन बनाए।

न्यु जिल्यान्डलाई कम स्कोरमा रोक्न अल्जारी जोसेपले ४ विकेट लिए। गुणाकेस मोतीले ३ विकेट झारे।

अकेल हुसेन रआन्दे रसेलले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको थियो।

वेस्ट इन्डिजका लागि शेफेन रथरफोर्डले अर्धशतक पूरा गरे। उनले ३९ बलमा २ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए।

निकोलस पुरनले १७ रन थपे। अकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफार्डले १३ रन बनाए।

न्युजिल्यान्डका ट्रेन बोल्टले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे। टिम साउथी र लोकी फर्गुसनले समान २ विकेट लिए। जेम्स निसाम र मिचेल सान्टनरले समान १ विकेट आफ्नो नाममा गरे।

लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज ६ अंकमा शीर्ष स्थानमा छ। २ खेलबाट ४ अंक भएको अफगानिस्तान दोस्रो स्थानमा छ।
३ खेलमा २ अंक भएको युगान्डा तेस्रो स्थानमा छ।

समान २ खेलमा हार भोगेका पपुवा न्यु गिनी र न्यु जिल्यान्ड अंक तालिकाको पुछारमा छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com