काठमाडौं २८ जेठ । बझाङमा प्राकृतिक विपद्का बेलामा गरिने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। सोमबार बिहान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले जानकारी दिए।
उनका अुनसार, सदरमुकाम चैनपुर नजिकै सेती नदीमा भइरहेको अभ्यासका क्रममा धामी बेहोस भएका थिए। पछि उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको हो।
‘बाढीको पूर्वाभ्यास गर्दै गरेको त्यही बीचमा दुर्घटना भएको हो,’ कुँइकेलले भने। उक्त टोली १० दिनदेखि अभ्यास गरिरहेको थियो।
प्रतिक्रिया दिनुहोस्