ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१०औँ खेलकुदको तयारीमा अनुभव बटुल्दै कर्णाली भलिबल


एबीसी न्यूज
जेष्ठ २८, २०८१ सोमबार  १२ : ०६ बजे

काठमाडौं २८ जेठ । आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगका लागि छनोट भएपछि कर्णाली प्रदेश महिला टोलीमा बेग्लै उत्साह थियो। गत चैतमा लिग च्याम्पियनसिपबाट लिगका लागि पहिलो पटक छनोट हुँदा टोली उत्साहित हुन स्वाभाविक थियो।

तोकिएकै समयमा भयो भने यो वर्ष कर्णालीले १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्दै छ। त्यसकै तयारीका रुपमा कर्णालीले पीएम कप लिगलाई हेरेको थियो। तर, नतिजा सोचेजस्तो भएन। लिग चरणका सबै खेलमा पराजित हुँदै टोेली घर फर्किएको छ।

पहिलो पटक आफ्नो प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदलाई कर्णाली यादगार बनाउन चाहन्छ। यद्यपि भलिबल टोलीले आफूलाई त्यो रुपमा उभ्याउन सकेन।

१०औँ खेलकुदलाई लक्षित गर्दै कर्णालीले भलिबलसँगै अन्य खेलको पनि तयारी सुरु गरिरहेको छ। मौका मिलेको खण्डमा अन्य प्रतियोगितामा भाग सहभागी गराउँदै आएको छ। भलिबल टोलीले त्यस्तै उद्देश्यका साथ लिग च्याम्पियनसिपमा भाग लिएको थियो।

छनोट चरण पार गर्नु र लिगजस्तो माथिल्लोस्तरमा उच्च प्रदर्शन गर्नु दुई फरक विषय हुन्। पर्याप्त प्रशिक्षण र अनुभवको कमीका कारण कर्णाली लिगमा राम्रो छाप छाड्न नसकेको प्रस्ट देखिन्थ्यो। समग्रमै कर्णालीमा खेलकुदमा वामे सर्दै गरेको अवस्थामा छ। त्यसमा भलिबल मात्र अलग हुने विषय भएन।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com