ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत हुने


एबीसी न्यूज

काठमाडौं २४ जेठ । वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत गर्ने कार्यको शुभारम्भ भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणालीमानमार्फत गर्ने कार्यको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक समन्वय गरेर काम गरिरहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगार विभागसँग समेत समन्वय गरी कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन मागपत्र प्रमाणीकरण प्रणालीको आजबाट कार्यान्वयन भएपश्चात् सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोग समक्ष अनलाइनबाट आवेदन गर्ने र आवेदन स्वीकृति भएपछि मात्र राजश्व रकम भुक्तानी कार्य हुने बताउनुभयो ।

उहाँले तत्पश्चात् उक्त मागपत्रहरु अनलाइनबाट नै वैदेशिक रोजगार विभागको प्रणालीमा आइपुग्ने र वैदेशिक रोजगारी विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति प्रदान हुने बताउनुभयो । उहाँले यस व्यवस्थाबाट सम्बन्धित रोजगार दाता कम्पनी, व्यक्ति एवम् छनोट गर्ने कम्पनी लगायत सबैले आफ्नै घर वा कार्यालयबाट माग पत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाट नै पूरा गर्नसक्ने, आफ्नो आवेदनको प्रगति विवरण हेर्नसक्ने, कुनै कागजात तथा विवरण नपुगे अनलाइनबाट नै अपडेट गर्नसक्ने, बिचौलियाजन्य कार्य निरुत्साहित भई कार्यालयमा भिडभाड नहुने, रोजगारदाता र श्रमिक छनोट गर्ने एजेन्सी लगायतका विवरणहरू सुरक्षित रहने बताउनुभयो । उहाँले रहँदा बाहेक अन्य राजदूतावासमा यसअघि मागपत्र प्रमाणीकरण नहुने गरेको पनि बताउनुभयो ।

‘‘वैदेशिक रोजगार विभागसँग समेत समन्वय गरी कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन मागपत्र प्रमाणीकरण प्रणालीको आजबाट कार्यान्वयन भएपश्चात् सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोग समक्ष अनलाइनबाट आवेदन गर्ने र आवेदन स्वीकृति भएपछि मात्र राजश्व रकम भुक्तानी कार्य हुन्छ ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘तत्पश्चात् उक्त मागपत्रहरु अनलाइनबाट नै वैदेशिक रोजगार विभागको प्रणालीमा आइपुग्ने र वैदेशिक रोजगारी विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति प्रदान गर्दछ । यस व्यवस्थाबाट सम्बन्धित रोजगार दाता कम्पनी, व्यक्ति एवम् छनोट गर्ने कम्पनी लगायत सबैले आफ्नै घर वा कार्यालयबाट माग पत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाट नै पूरा गर्नसक्ने, आफ्नो आवेदनको प्रगति विवरण हेर्नसक्ने, कुनै कागजात तथा विवरण नपुगे अनलाइनबाट नै अपडेट गर्नसक्ने, बिचौलियाजन्य कार्य निरुत्साहित भई कार्यालयमा भिडभाड नहुने, रोजगारदाता र श्रमिक छनोट गर्ने एजेन्सी लगायतका विवरणहरू यसमा सुरक्षित रहन्छ ।’’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अनलाइन प्रणालीले श्रमिकहरूको हक र हितका लागि साथै रोजगारदाता कम्पनीहरूलाई नियन्त्रण र उहाँहरूलाई सहजीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्यालरीको करेन्सी नेपाली वा युएस डलरमा राख्न सुझाव दिनुभयो । स्यालरी राख्ने प्रणालीमा अंग्रेजी भए अमेरिकन छल र मिलेसम्म नेपालीमा नै राख्न सुझाव दिनुभयो ।

‘‘यसले श्रमिकहरूको हक र हितका लागि साथै रोजगारदाता कम्पनीहरूलाई नियन्त्रण र उहाँहरूलाई सहजीकरणका लागि यसले अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्नेछ । फेसिममा हामीले ब्ल्याक लिस्ट गर्नुपर्ने हुन्छ, अचानक गर्नुपर्ने हुन्छ । त्यसकारणले त्यो अचानक हामीले ब्ल्याक लिस्टेड गरेका नेपालको संस्थाहरू होला वा विदेशी संस्थाहरू होलान् । ती संस्थाहरू हामीले गर्ने बित्तिकै, श्रम मन्त्रालयले गर्ने बित्तिकै यो सिस्टममा अटोमेटिक नआउने हुन्छ वा हुँदैन त्यसमा स्पष्ट होस्, नआउने छ भने आउने बनाइयोस्, यो अटो नै हुनुपर्छ ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो। ‘‘स्यालरीको करेन्सी त्यही देशको माथि सेलेक्ट गरेको पैसामा देखाउँछ होला, त्यस कारण हामीले नेपाली रुपैयाँमा पनि बुझ्न पर्ने भएकाले त्यो दिनको अटोमेटिक रेट राख्न मिल्छ । यदि त्यो मिलेन भने युएसए डलरमा मिल्छ । स्यालरी राख्ने सिस्टममा अङ्ग्रेजीमा देखाउने भए युएसडीमा र नत्र नेपालीमा होस् । हाम्रो नियोगहरूका जसले यो प्रयोग गर्नुहुन्छ, यसमा उहाँहरूलाई ट्रेनिङ गरेर काम सुरु भन्दाअघि नै सिकाउनु पर्छ ।’’

उहाँले यस प्रणालीको शुभारम्भ नेपाली राजदूतावास अबुधाबीबाट गरिएको र अब क्रमैसँग छिट्टै अन्य नेपाली राजदूतावासहरूबाट समेत अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण हुने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com