ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकप : अस्ट्रेलियाको पहिलो जित, ओमानको दोस्रो हार


एबीसी न्यूज

काठमाडौं २४ जेठ । जारी आईसीसी टी(२० विश्वकपमा अस्ट्रेलियाले जितको सुरुवात गर्दा ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ।

बिहीबार बिहान अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै विश्वकपमा पहिलो जित दर्ता गरेको हो।

अस्ट्रेलियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २५ रन मात्र बनाउन सक्यो।

 

ओमानका आयान खानले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। कप्तान अकिब एलियासले १८ रन थपे। मरहान खानले २७ र सकिल अहमदले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओमानलाई कम स्कोरमा रोक्न माक्युर्स स्टोइनिसले ३ विकेट लिए। मिचेल स्टार्स, नथान इलिस र आडम जम्पाले २र२ विकेट लिए।

त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।

अस्ट्रेलियाका लागि माक्र्युस स्टोइनिस ६७ रनमा अविजित रहे। उनले ३६ बलमा २ चौका र ६ छक्का हाने।  डेभिड वार्नरले ५६ रन बनाए। ५१ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हाने। कप्तान मिचेल मार्सले १४ र ट्राभिस हेडले १२ रन थपे।

ओमानका मेहर खानले २ विकेट लिए। विलाल खान र करिमुल्लाहले समान १ विकेट झारे।

जितसँगै समूह बीमा रहेको अस्ट्रेलिया शीर्ष स्थानमा उक्लेको छ।  समान २ अंक भएको नामिबिया दोस्रो स्थानमा छ। इंग्लयान्ड र स्कटल्यान्डको समान १ अंक छ।

लगातार दुई खेलमा पराजित ओमान अंकविहीन बन्दै तालिकाको पुछारमा छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com