ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकपमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित


एबीसी न्यूज
जेष्ठ २३, २०८१ बुधबार  ६ : ४९ बजे

काठमाडौं, २३ जेठ । आईसीसी टी(२० विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बोहराले समान १ विकेट लिए ।

यसअघि अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ३५ रनाए । यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जोडे । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लोगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिए ।

अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्रो जुन १५ मा दक्षिण अफ्रिका र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

यसैबीच समूह ुबीु मा इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । स्कटल्यान्डले १० ओभरमा १ विकेट पनि नगुमाई ९० रन बनाएको अवस्थामा खेल वर्षाका कारण नतिजाविहीन भएको हो ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवौँ संस्करणको प्रतियोगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

इस्लामाबादमा शक्ति संवाद: अमेरिका–इरान आमनेसामने, युद्धपछि शान्तिको परीक्षा !

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

इस्लामाबादमा अमेरिका–इरान शान्ति वार्ता , स्वरूप अझै अस्पष्ट !

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही–नेकपा संयुक्त

इस्लामाबाद वार्ता: के भइरहेको छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com