ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा सुपर हिरो बन्न सक्ने २ खेलाडी


एबीसी न्यूज

काठमाडौं २२ जेठ । टी(२० क्रिकेटमा कुनै पनि भर हुँदैन । हुन त टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी(२० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल जिताउन र हराउन सक्छ । त्यसैले टी(२० मा एक दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अर्कोले साथ राम्रो दिन सक्नुपर्छ । टोलीमा केही यस्ता खेलाडी हुन्छन् जसले हारको अवस्थाबाट पनि खेल जिताउन सक्ने अद्भूत खुबी राख्छन् ।

आईसीसी टी(२० विश्वकप २०२४ आज राति नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा सानदार प्रदर्शन गर्दै टोलीको जितमा हिरो बन्नसक्ने प्रमुख दुई खेलाडी यस प्रकार छन् ।

दीपेन्द्रसिंह ऐरी – नेपाल

अलराण्डर दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । दीपेन्द्रले मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्नुको साथै अफ स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र ब्याट र बल मात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्ने अद्भूत क्षमता भएका खेलाडी हुन् ।

दीपेन्द्रले अन्तर्राष्ट्रिय टी(२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । उनले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रले नेपालबाट ६४ टी(२० आई खेलमा १ मा शतक र ९ मा अर्धशतकसहित कुल १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् । दीपेन्द्र क्रिजमा हुँदासम्म कुनैपनि विपक्षी टोलीलाई डर भइरहन्छ ।

बास डि लिडे – नेदरल्यान्ड्स

नेदरल्यान्ड्सका युवा अलराउण्डर बास डि लिडे वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट क्रिकेटर हुन् । २०२३ मा आईसीसीको एशोसिएट उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।

गत वर्ष नेदरल्यान्ड्सलाई २४ वर्षीय उनले ३४ टी(२० आई खेलमा ६७७ रन बनाउनुको साथै ३० विकेट खेल्ने गर्दछन् ।

सन् २०२१ मा टीयुमा नेदरल्यान्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य १९।३ ओभरमा पूरा गर्न लिडेले ८१ रनको अविजित इनिङ खेलेका थिए ।

लिडेले विदेशी लिगसँगै इंग्ल्यान्डको डरमबाट काउन्ट्री खेल्दै आएका छन् । काउन्ट्रीमा सानदार प्रदर्शन गर्दै आएका उनले गत जुलाईमा विश्वकप छनोटको निर्णायक खेलमा स्कटल्यान्डविरुद्ध १२३ रन बनाउनुको साथै ५ विकेट लिंदै टोलीलाई विश्वकपमा पुर्‍याए ।

विश्वकपमा पाकिस्तानविरुद्ध ६७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । लिडेसँग विश्वका ठूला टोली र खेलाडीविरुद्ध खेलेको राम्रो अनुभव छ । जसको भरपूर्ण फाइदा उठाउन सक्छन् । नेपाललाई घातक बन्न सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com