काठमाडौं २१ जेठ । नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ। व। २०७९र८० प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन् ।
नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन(२०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने व्यवस्था छ । सोही अनुसार सो प्रतिवेदन पेस गरिएको सञ्चारमन्त्री शर्माले बताइन् ।
प्रतिक्रिया दिनुहोस्