ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप एनभीए भलिबल लिगको तालिका सार्वजनिक (सूचीसहित)


एबीसी न्यूज
जेष्ठ १६, २०८१ बुधबार  १ : ४१ बजे

काठमाडौं १६ जेठ । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको उद्घाटन खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब र बूढानीलकण्ठ भलिबल क्लब खेल्ने भएका छन्।

नेपाल भलिबल संघले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो दिन शनिबार पुरुषतर्फ चार र महिलातर्फ २ खेल हुनेछन्।

सेमिफाइनलअघि हरेक दिन ६ खेल हुनेछन्।  लिग चरणमा पुरुषतर्फ ४ र महिलातर्फ दुई खेल हुने संघले जानकारी दिएको छ।

लिगको महिला पुरुष दुवैतफेर्का विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछन्।

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

लिग यही जेठ १९ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा स्पर्धा गर्नेछन्। लिगमा सहभागी टोलीले ३ विदेशी खेलाडी राख्न पाउनेछन्।

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोर्ट्स् काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबले स्पर्धा गर्नेछन्।

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

इस्लामाबादमा शक्ति संवाद: अमेरिका–इरान आमनेसामने, युद्धपछि शान्तिको परीक्षा !

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com