काठमाडौं १५ जेठ । आगामी आर्थिक वर्षको बजेटबारे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट पढेर औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।
संसदमा बजेट भाषण सकिएलगत्तै सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका उनले नयाँ बजेटले केही नयाँ कार्यक्रम ल्याएको बताए।
उनले भने, ‘हरेक बजेटमा नयाँ कार्यक्रम आउँछन्। त्यो हिसाबमा कतिपय नयाँ कार्यक्रम पनि आएका छन्। तर नयाँ आउनेभन्दा पनि त्यसलाई कार्यान्वयन गर्ने र स्रोतको व्यवस्थापन गर्ने मुख्य कुरा हुन्छ।’








प्रतिक्रिया दिनुहोस्