ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलले ५ वर्ष नवीकरणको लागि दियो निवेदन, ४ अर्ब बुझाएर माग्यो किस्ताबन्दीको सुविधा


एबीसी न्यूज

काठमाडौं १५ जेठ । निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले ५ वर्ष नवीकरणको लागि निवेदन दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणमा सोमबार किस्ताबन्दीमा नवीकरण दस्तुर बुझाउनेगरी निवेदन दिएको हो।

२००४ मा स्थापना भएको एनसेलको नवीकरण भदौमा सकिँदै छ। एनसेलले ५ वर्षको लागि नवीकरण गर्दा २० अर्ब रुपैयाँ बुझाउनुपर्छ।

 

पहिलो वर्षको लागि ४ अर्ब बुझाएर प्राधिकरणमा निवेदन दिएको छ। एनसेलले दूरसञ्चार प्राधिकरणसमक्ष हरेक वर्ष ४ अर्ब रुपैयाँ बुझाउने गरी किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने प्रस्ताव गरेको छ।

एनसेलको प्रतिस्पर्धी नेपाल दूरसञ्चार कम्पनी ९टेलिकम०ले नवीकरण सकिएको ५ वर्षपछि मात्रै गत वैशाखमा २० अर्ब बुझाएको थियो।

एनसेलले भने हरेक वर्ष किस्ताबन्दीमा बुझाउने गरी निवेदन दिएको छ। २०८६ सम्म सरकारको २० अर्ब बुझाइसक्ने गरी सुविधा माग गरेको छ।

सरकारले यसअघि नेपाल टेलिकम र एनसेललाई पहिलो र दोस्रो नवीकरण गर्दा किस्ताबन्दीमा नवीकरण शुल्क तिर्न सक्ने व्यवस्था गरेको थियो।

नेपालको दूरसञ्चार क्षेत्रको आम्दानीमा भारी गिरावट आएकाले एकै वर्ष २० अर्ब रुपैयाँ बुझाउँदा कम्पनी नै बन्द हुने अवस्था आउने भएकाले किस्ताबन्दीमा तिर्न सकिने निवेदन पेस गरेको छ।

प्राधिकरणले एनसेललाई यही जेठ ४ गते नै पाँचवर्षे नवीकरणको लागि पत्र काटेको थियो। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले ४ अर्ब रुपैयाँ सहित किस्ताबन्दीको प्रस्ताव माग गरेको जानकारी दिए।

‘हामीले त एकै पटक २० अर्ब रुपैयाँ नै बुझाऊ भनेको हो’, प्राधिकरणका प्रवक्ता पौडेलले भने,‘अहिले ४ अर्ब बुझाएको छ। अब थप के गर्ने प्राधिकरणसँगै मन्त्रालयसँग पनि परामर्श गर्छौं।’

किस्ताबन्दीको सुविधा दिने विषय प्राधिकरण आफैँले निर्णय गर्न नसके मन्त्रालयमा प्रस्ताव पठाउँछ। पहिलो र दोस्रो नवीकरणमा किस्ताबन्दीको सुविधा दिएकाले सञ्चार, सुचना तथा प्रविधि मन्त्रीले निर्णय गर्न सक्छिन्।

तर उनले निर्णय गर्न नसके मन्त्रिपरिषद्मा प्रस्ताव लगेर पहिलाजस्तै किस्ताबन्दीको सुविधा दिन सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com