ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयन गर्न प्रजिअको ध्यानाकर्षण


एबीसी न्यूज

काठमाडौं १५ जेठ । सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयनका लागि बाँकेका कानुन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्दै आउनुभएका कानुन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी रिजालसँग भेटघाट गरि फैसला कार्यान्वयनमा जोड दिँदै प्रशासनको ध्यानाकर्षण गराउनु भएको हो ।

अधिवक्ता बसन्त गौतमले उच्च अदालतबाट निकै राम्रा राम्रा फैसला भएपनि कार्यान्वयमा समस्या भएकोले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ूनागरिकता लगायत शिक्षा, स्वास्थ्य, खाद्य, बातावरण लगायतका मानव अधिकारको संरक्षण र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न मुद्दामा हाम्रो गम्भीर चासो रहेको छ ।ू

बाँकेका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा फौजदारी न्याय, स्वच्छ सुनुवाइ, सार्वजनिक सरोकारका मुद्दामा भएका फैसलाको कार्यान्वयनका सवालमा छलफल भएको छलफलमा संलग्न अर्का अधिवक्ता बल बहादुर चन्दले बताउनुभयो ।

अधिवक्ता चन्दका अनुसार फौजदारी मुद्दाको स्वच्छ सुनुवाइका लागि इजलास कक्षको स्थापना गर्ने, जिल्ला प्रशासन कार्यालयमा पनि मुद्दाको सुनुवाइको व्यवस्था हुनुपर्ने कुरामा अधिकारकर्मीले सो अवसरमा जोड दिनुभएको छ । छलफलका क्रममा नागरिकताका विषयमा अदालतबाट भएका फैसला कार्यान्वयन नभएको विषयमा प्रमुख जिल्ला अधिकारीको विशेष ध्यानाकर्षण गराइएको अर्का अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार कानुन व्यवसायीसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले फैसला कार्यान्वय र इजलास स्थापनामा प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com