ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपुरमा बस दुर्घटना: आठ जना घाइते


एबीसी न्यूज

काठमाडौं १५ जेठ । रातभरि परेको पानीले पूर्व–पश्चिम राजमार्गसहित नवलपुरका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ । लगातार परेको पानीले पूर्व–पश्चिम राजमार्ग, कालिगण्डकी कोरिडोर तथा भित्री सडकहरू अवरुद्ध भएका र सञ्चालनका लागि पहल भइरहेका नवलपुर प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका थुम्सीस्थति पूर्व–पश्चिम राजमार्गको ओरालोमा सडक भासिएर अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । भासिएको सडकमा नवलपरासीबाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ८५१३ नं। को बसले अचानक ब्रेक लगाउने क्रममा बस भित्र रहेका यात्रुहरू हुत्तिएर बसभित्रै ठोक्किँदा ८ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका ७ सहित ८ जना घाइते भएका हुन् । दुर्घटनामा सरावल २ बस्ने ४० वर्षीया कुन्तीदेवी चौधरी, सोही ठाउँका ७० वर्षीया चम्पा थारु, ५७ वर्षकी देवकी चौधरी, ७५ वर्षका कलेसी थारु, ६५ वर्षकी गर्भीदेवी थरुनी, ६७ वर्षका भेषनारायण थारु, ५६ वर्षकी कान्तिदेवी थरुनी र बर्दघाट नगरपालिका १२ की ४३ वर्षीया सन्जीदेवी थरुनी घाइते भएको नवलपुरका सूचना अधिकारी प्रहरी सहायक उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

यस्तै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै नारायणघाट–बुटवल सडक खण्डमा बर्सातको कारण डाइभर्सनको माटो बगाएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ५ पाङग्रेस्थति दलदले डेढगाँउको भित्री सडक खण्डमा पहिरोले अवरुद्ध भएको बाटो खुलाउने प्रयास भइरहेको प्रहरी सहायक उपरीक्षक पौडेलले बताउनुभयो ।

मध्य बिन्दु नगरपालिका ७ र ८ जोड्ने गिरवारी खोलामा आएको बाढीले सोही खोलामा बन्दै गरेको पुलमा प्रयोग गरिँदै आएको २ वटा जेनेरेटर डुबाएको र काठ र प्लाइउड पनि बगाएको छ ।

गैँडाकोट नगरपालिका अन्तर्गत काली गण्डकी कोरिडोरको तरङ्गा खोलामा पहिरो जाँदा बाटो दुईतर्फी अवरोध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com