ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा


एबीसी न्यूज

काठमाडौं १४ जेठ । नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन् । संसद्मा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ ।

आर्थिक वर्ष २०७९र८० सम्ममा अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र तीन संस्थानको कारोबार शून्य भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक २०७९र८० मा सबैभन्दा बढी खुद नोक्सान नेपाल वायुसेवा निगमको रहेको छ । नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजनको खुद नोक्सान पनि उच्च देखिएको छ ।

गत आर्थिक वर्षमा वायुसेवा निगमको खुद नोक्सान रु ६५ करोड २९ लाख ३९ हजार बराबर छ । त्यस्तै, निगमको सञ्चित नोक्सान रु १६ अर्ब ३७ लाख ६३ हजार बराबर छ । वायुसेवा निगम आव २०७६र७७ देखि हालसम्म निरन्तर नोक्सानमा सञ्चालित छ ।

“आव २०७८र७९ को तुलनामा खुद नोक्सान घटे तापनि संस्थानको वित्तीय अवस्था सन्तोषजनक रहेको देखिँदैन”, प्रतिवेदनमा भनिएको छ, “वित्तीय संस्थाबाट कर्जा लिइ खरिद गरिएका जहाजको साँवा र व्याज भुक्तानी गर्न समस्या हुनु, उच्च प्रशासनिक खर्च, जहाजको न्यून सञ्चालन, समयमा उडान नहुनु, व्यावसायिक योजनाको न्यून कार्यान्वयनलगायत कारणले समग्र अवस्था खस्कँदो देखिएको छ ।”

यसैगरी, खानेपानी संस्थान र नेपाल टेलिभिजन आव २०७५र७६ देखि निरन्तर खुद नोक्सानीमा सञ्चालित छन् भने उदयपुर सिमेन्ट उद्योग लिमिटेड आव २०७६र७७ र दुग्ध विकास संस्था आव २०७७र७८ देखि खुद नोक्सानीमा सञ्चालन भइरहेका छन् । गत आर्थिक वर्षमा खानेपानी संस्थानको दुख नोक्सानी रु ५४ करोड ६९ लाख १९ हजार र सञ्चित नोक्सान रु तीन अर्ब तीन करोड ७० लाख बराबर थियो ।

दुग्ध विकास संस्थानको खुद नोक्सान रु ४८ करोड ४२ लाख २८ हजार छ भने सञ्चित नोक्सान रु एक अर्ब ८५ करोड छ लाख, उदयरपुर सिमेन्टको खुद नोक्सान रु ३६ करोड २८ लाख ८८ हजार र सञ्चित नोक्सान रु पाँच अर्ब ७८ करोड ८२ लाख बराबर छ ।

हेटौँडा सिमेन्ट उद्योगको खुद नोक्सान रु २५ करोड ४८ लाख र सञ्चित नोक्सान रु एक अर्ब १५ करोड ८६ बराबर छ भने नेपाल औषधि लिमिटेडको गत आवको खुद नोक्सान रु १५ करोड ५४ लाख र सञ्चित नोक्सान रु दुई अर्ब १३ करोड ५९ लाख बराबर छ ।

नेपाल ओरिन्ड म्याग्नासाइट प्रालिको खुद नोक्सान रु १६ करोड ५८ लाख र सञ्चित नोक्सान रु पाँच अर्ब तीन करोड ७६ लाख र बुटवल धागो कारखानाको खुद नोक्सान रु तीन करोड ४३ लाख बराबर रहँदा सञ्चित नोक्सान रु दुई अर्ब १२ लाख बराबर छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु १२ करोड ९२ लाख बराबर खुद नाफा कमाउँदा सञ्चित नोक्सान भने रु ७८ करोड २२ लाख बराबर छ । नेपाल आयल निगम लिमिटेड सबैभन्दा धेरै खुद नाफा गर्ने संस्थानका रुपमा देखिएपनि सञ्चित नोक्सान भने रु चार अर्ब ८५ लाख ८९ हजार बराबर रहेको छ ।

नेपाल वन लिमिटेड रु सात करोड ४३ लाख खुद नोक्सानमा हुँदा सञ्चित नाफा रु सात करोड २४ बराबर, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेडको खुद नोक्सान रु ४३ लाख ३४ हजार हुँदा सञ्चित नोक्सान रु ११ करोड २९ लाख बराबर छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको खुद नोक्सान रु १९ करोड ९६ लाख बराबर छ भने सञ्चित नोक्सानी रु ५५ करोड ९६ लाख तथा सांस्कृतिक संस्थानको खुद नोक्सान रु एक करोड ४८ लाख र सञ्चित नोक्सान रु २८ करोड ४२ लाख बराबर छ ।

जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले गत आवमा रु १९ करोड ३६ लाख बराबर खुद नाफा कमाएको देखिए पनि सञ्चित नोक्सान भने रु एक अर्ब १९ करोड ८७ लाख बराबर देखिएको छ । नेपाल टेलिभिजनको खुद नोक्सान रु ३५ करोड १२ लाख ६७ हजार र सञ्चित नोक्सान रु दुई अर्ब ४० करोड ८९ लाख बराबर छ । राष्ट्रिय आवास कम्पनी लिमिटेड रु एक करोड चार लाख खुद नोक्सानी र रु ११ करोड ८५ लाख सञ्चित नोक्सानीमा सञ्चालन भइरहेको छ ।

नेपाल टेलिभजनलाई सेवामूलक उद्देश्यका साथ सञ्चालन गर्दा व्यावसायिकता विकास हुन नसक्नु, इन्टरनेटमा आधारित नयाँ सञ्चारमाध्यमका कारण ग्राहक घट्नुलगायतले घाटामा गएको प्रतिवेदनमा उल्लेख छ ।

खानेपानी संस्थानमा महसुल बक्यौता उच्च हुनु, स्थानीय तहसँगको कमजोर समन्वय, महसुल समयानुकूल वृद्धि गर्न नसक्नुलगायतका कारणलाई जिम्मेवार ठानिएको छ ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेड आधाभन्दा कम क्षमतामा सञ्चालन हुनु, प्रशासनिक खर्च उच्च हुनुलगायत समस्यामा छ । त्यस्तै, दुग्ध विकास संस्थानले आफ्नो उत्पादनको बजारीकरण गर्न नसक्नु, बजारको आवश्यकता मागभन्दा बढी दुग्ध पदार्थ उत्पादन गरी भण्डारण गर्नु, समग्र व्यवस्थापकीय कमजोरी, साँवा र व्याज समयमा भुक्तानी गर्न नसक्नुलगायत समस्याले खुद नोक्सान तथा सञ्चित नोक्सानी कम गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ ।

सार्वजनिक संस्थानको व्यावसायिक योजनाको कार्यान्वयन अवस्थासमेत कमजोर रहेको प्रतिवेदनले औँल्याएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com