ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्ति बाल अस्पतालमा २ वर्षमा पनि शल्यक्रियाको पालो आउँदैन


एबीसी न्यूज

काठमाडौं १४ जेठ । सरकारी अस्पतालमा शल्यक्रियाका लागि बिरामीले चाहेका बेला मिति पाउनु दुर्लभजस्तै छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६१ औं वार्षिक प्रतिवेदनमा पनि सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुनुपर्ने अवस्था रहेको उल्लेख गरेको छ ।

बिरामीको चाप उच्च रहेको मुलुकको प्रमुख अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि १ हप्तादेखि रोगको प्रकृति बमोजिम १ वर्षसम्म उपचारका लागि कुर्नुपर्ने अवस्था छ ।

यस्तै देशको एक मात्र कान्ति बाल अस्पतालमा जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था रहेको उल्लेख छ । ‘कान्ति बाल अस्पतालमा सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ,’ महालेखाको प्रतिवेदनमा छ ।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि रोगको प्रकृतिअनुसार ४ देखि १२ हप्तासम्म, हेमोडायलाइसिसका लागि ४(५ महिना, इन्डोस्कोपीका लागि एक हप्तासम्म प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा आंैंल्याइएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापी गर्न ४५ दिनसम्म प्रतीक्षा गर्नुपर्ने, क्यान्सर रोगका लागि अति आवश्यक पेट स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिका रोगको उपचार पाउन नसकेको उल्लेख छ ।

यसैगरी, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिसका लागि करिब ७०० बिरामी प्रतीक्षारत रहेको र बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो पर्खिनुपर्ने अवस्था रहेको प्रतिवेदनमा छ । अस्पतालहरुले बिरामीलाई सर्वसुलभ तथा छिटो सेवा प्रदान दिन महालेखाले औंल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com