काठमाडौं १४ जेठ । नागरिकता गडबडी प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे यसअघि दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह० ले सार्वजनिक रूपमा माफी मागेका छन्।
कार्यक्रमको दौडधुपमा रहेका बेला एक्कासि सोधिएको प्रश्नमा जवाफ दिँदा ढंग नपुगेको भन्दै उनीहरूले संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै क्षमा याचना गरेका हुन्।
‘अदालतमा विचाराधीन विषयमा हामीले बोल्नु हुँदैनथ्यो। हामीबाट गल्ती हुन गयो। यसप्रति क्षमा चाहन्छौं,’ मह जोडीले भनेका छन्।
सिरोहिया पक्राउबारे कान्तिपुर टेलिभिजनले सोधेको प्रश्नमा श्रेष्ठ र आचार्य दुवैले सरकारले गल्ती गरेको आरोप लगाएका थिए।








प्रतिक्रिया दिनुहोस्