ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट वक्तव्य पढ्ने बेलासम्म समझदारी बन्ने विश्वास छ- प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट वक्तव्य बनाउने बेलासम्ममा सत्तापक्ष र प्रतिपक्षबीच समझदारी बन्ने दाबी गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। तर, प्रतिपक्षी दल नेपाली कांग्रेसले भने रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेको छ।

सोही अवरोध हटाउनका लागि आफूले निरन्तर संवाद गरिरहेको उनले बताए। ‘आज बिहानमात्रै पनि मैले नेपाली कांग्रेसका सभापतिसहितका नेताहरूसँग सहमतिको प्रयास गरेको छु, आज र भोलिसम्म बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। किनकी हामी त्यसको नजिकमै छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने।

साथै, उनले संसद् बैठक अवरोध भइरहँदा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ नमिठो लागेको अनुभव सुनाए।

‘आज बेलुका वा भोलि बिहानसम्म समझदारी बन्छ भन्ने कुरामा विश्वास राखेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

यही परिस्थितिकाबीच रोष्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री प्रचण्डले भने, ‘आज एक वर्षपछि सदन अवरोधको जो स्थितिको बीचमा मैले सदनमा उठेका प्रश्नहरूका् जवाफ दिनुपरेको छ, मलाई नमिठो लागेको छ, दुःख लागेको छ।’

उनले यो अवस्थाको अन्त्य हुनुपर्ने बताए।

साथै, उनले एक वर्षअघि नीति तथा कार्यक्रममाथि छलफल हुँदा आगामी वर्षबाट पर्याप्त छलफल हुने बताएको स्मरण गरे।

‘गतसाल सरकारको नीति कार्यक्रमबारे उठेका छलफलको उत्तर दिने क्रममा अर्को सालदेखि नीति कार्यक्रम, बजेटको सिद्धान्तबारे पर्याप्त समय लिएर छलफल गर्ने, परिमार्जनको नयाँ प्रक्रिया सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com