ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहदानी विभागले भन्यो : जीबी राईको राहदानी रद्द गर्न मिल्दैन


एबीसी न्यूज

काठमाडौं ११ जेठ । सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी गितेन्द्रबाबु० राईको राहदानी रद्द नहुने भएको छ ।

सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय, कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो ।

तर जीबीको राहदानी रद्द गर्न नमिल्ने देखिएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक रमेशकुमार चर्मकारले बताए । ‘हामीले कानुन शाखाको सहयोगमा अध्ययन गरेका थियौं’ उनले भने, ‘राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार अहिलकै अवस्थामा उहाँका राहदानी रद्द गर्न मिल्दैन ।’

अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष छ ।

जीबीको राहदानी रद्द गर्न नमिल्ने औपचारिक जानकारी कास्की प्रहरीलाई समेत पठाउने तयारी विभागले गरेको छ । ‘राहदानी रद्द गर्न नमिल्नुको कारणसहित हामी प्रहरीलाई औपचारिक जानकारी गराउँदैछौं’ निर्देशक चर्मकारले भने ।

नेपालाको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ ।

ऐनअनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, आतंकवाद लगायतका केही आरोप लागेका व्यक्तिको हकमा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गर्नसक्ने व्यवस्था छ । त्यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्न सक्ने ऐनमा व्यवस्था छ ।

तर सहकारी ठगी सम्बन्धी मुद्दामा राहदानी रोक्का गर्ने व्यवस्था ऐनमा नभएकाले प्रहरीले रद्द गर्न सिफारिस गरेको थियो । तर राहदानी ऐनमा कुनै पनि कसुर र अपराध गरेका कारण नेपाली नागरिकको राहदानी रद्द हुने परिकल्पना छैन ।

राहदानी हराएमा, अदालतको आदेशबाट वा सम्बन्धित व्यक्ति नेपाली नागरिक नभएमा विभागले राहदानी रद्द गर्नसक्ने कानुनी व्यवस्था छ । झुठा विवरण पेस गरेको वा गैरनेपाली नागरिकले लिएको पुष्टि भएमा पनि राहदानी रद्द हुनसक्छ ।

जीबी राईमाथि लागेको कसुर र राहदानी रद्दसम्बन्धी कानुनी प्रावधान अध्ययन गर्दा उनको राहदानी रद्द गर्न नमिल्ने देखिएको राहदानी विभागले जनाएको छ ।

राहदानी विभागमा आउनुअघि कास्की प्रहरीले जीबीको राहदानी रद्दको माग राख्दै जिल्ला अदालत, कास्कीमा रिट दायर गरेको थियो । तर न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राहदानी रद्द गर्न नमिल्ने आदेश सुनाएको थियो ।

त्यसपछि कास्कीका एसपी मोहन थापाले राहदानी रद्दका लागि विभागमा पत्र पठाएका थिए ।

सूर्यदर्शन सहकारी ठग प्रकरणमा मुद्दा चलेका जीबीसहित १४ जना अझै फरार छन् ।

जीबी र उनको समूहले सूर्यदर्शन सहकारीका रकम अपचलन गरेको भन्दै बचतकर्ताले साउन २०८० मा प्रहरीमा जाहेरी दिएका थिए । पोखरा महानगरपालिकाले गरेको छानबिनले १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना भएको देखाएको छ ।

त्यही प्रतिवेदनका आधारमा सहकारी सञ्चालकसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेलसहित ५ जना पक्राउ परेका छन् । तर जीबी राईसहित १४ जना फरार छन् ।

जीबीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले १३ माघमा डिफ्युजन नोटिस जारी गरेको छ । डिफ्युजन नोटिस मात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै नेपाल प्रहरीले रेड नोटिसका लागि पत्राचार गर्‍यो । २१ फागुनमा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिस समेत जारी गरेको छ ।

तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् । फागुन दोस्रो साता कूटनीतिक पहल पनि भएको थियो । २१ फागुनमा सत्ता गठबन्धन परिर्वतन भएसँगै गृह मन्त्रालयको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले गरेका छन् । जीबी समूहले सञ्चालन गरेको सहकारीको रकम अपचालनमा लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति माग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com