ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा – मन्त्री भण्डारी


एबीसी न्यूज

काठमाडौं ११ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा स्थापना गरिने उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको आज मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा पनि उपभोक्ता अदालतको विषय आइसकेको र बजेटसमेत सुनिश्चित भइसकेकाले आगामी आवमा स्थापना हुने बताउनुभयो ।

मन्त्रालयबाट बजार अनुगमनलगायतका क्रियाकलाप भइरहेका भए पनि प्रभावकारी हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले उपभोक्ता अदालत स्थापनापछि सहज र भरपर्दो हुनेमा जोड दिनुभयो । मन्त्रालय मातहत कुनै पनि दण्ड जरिवाना गर्दा रु तीन लाखभन्दा बढी लिन नपाइने प्रावधान रहेको उल्लेख गर्दै उहाँले उपभोक्ता अदालत स्थापना भएपछि गल्तीअनुसारको दण्ड तथा जरिवाना गर्न सकिने उल्लेख गर्नुभयो ।

उपभोक्ता अदालत स्थापनाका लागि भवनको खोजी भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले अदालतका लागि सरकारले आवश्यकपर्ने सबै किसिमका स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । सोही क्रममा उहाँले एलपी ग्यासमा उपभोक्ताले बेहोरिरहेको समस्याका विषयमा मन्त्रालयबाट नेपाल आयल निगमलाई पत्राचार गरिएको उहाँले गराउनुभयो ।

विभागका प्रमुख जितु गौतमको नेतृत्वको टोलीले मन्त्री भण्डारीलाई साधनस्रोत, प्रविधि र जनशक्ति तथा आवश्यक बजेटसहितको उपभोक्ता अदालतको तत्काल गठन गरी उपभोक्तालाई शीघ्र न्यायको प्रत्याभूति गर्नुपर्नेलगायतका माग राखेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

श्रम र पुजी लगानी नगरी नाफा आर्जन गर्ने सबै प्रकारका वस्तु तथा सेवामा रहेका विचौलियाको अन्तःगरी उत्पादक वा पैठारीकर्तादेखि उपभोक्तासम्मको बजारको तहलाई उपभोक्तामैत्री हुनेगरी निर्धारण गर्न विभागको माग छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, “ग्यास सिलिण्डर खरिद गर्दा उद्योगलाई बुझाएको धरौटी रकम र सोको ब्याजको सुरक्षा गरियोस्, उपभोक्ताले सिलिण्डर फिर्ता गर्दा धरौटी रकम र प्रचलित ब्याजसमेत फिर्ताको सुनिश्चितता गरियोस् ।”

यस्तै विभागले मन्त्री भण्डारीसमक्ष मापदण्डविपरीत तौलका अवैधरुपमा आयात गरी प्रयोग गरिएका ग्यास सिलिण्डर जुनसुकै बखत पनि विष्फोट भई ठूलो जनधनको क्षति पुग्न जाने भएकाले यस्ता सिलिण्डरको सङ्ख्या यकीन गरेर जफत गरी नष्ट गर्न माग गर्दै यस्ता अवैध सिलिण्डर आयात तथा प्रयोग एवं नियमन सम्बन्धमा छानविन गरी दोषी माथि कारबाहीको माग राखेको छ ।

वस्तु र सेवाको बिक्री, भ्रमपूर्ण विज्ञापन, मूल्य र नापतौलमा ठगी तथा स्वच्छ, प्रतिस्पर्धाविरुद्धका कार्यलाई विषयगतरुपमा प्रभावकारी अनुगमन गरी कडाइका साथ नियन्त्रण गर्न माग गरिएको छ । यस्तै विभागले नियामक निकायलाई जिम्मेवार बनाउन, उपभोक्ता हित संरक्षण तथा बजार सुशासनको प्रवद्र्धन गर्न अधिकार सम्पन्न उपभोक्ता संरक्षण आयोगको स्थापना गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com