काठमाडौ ११ जेठ । नेपाली बजारमा सुनको मूल्य आज पनि तोलामा १८ सय रुपैयाँले ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३८ हजार ७ सयमा कारोबार भएकामा आजका लागि एक लाख ३६ हजार ९ सय निर्धारण गरिएको छ । बिहीबार पनि सुनको मूल्यमा १८ सय रुपैयाँले घटेको थियो ।चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार ८ सय ६५मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ५५ छ ।








प्रतिक्रिया दिनुहोस्