ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६७ लागेकामा प्रधानमन्त्रीको विहीबार रातीदेखि शुक्रबार रातीसम्म केकको बहार(फोटो फिचर)


ABC NEWS
फाल्गुन ११, २०७४ शुक्रबार   २ : २१   बजे


काठमाडौं ११ फागुन । नबनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६६ वर्ष पूरा गरी ६७ वर्ष प्रवेश गरेका छन् । सामान्यत राती दुई बजेपछिमात्र सत्ने बानीका कारण प्रधानमन्त्री ओलीले जन्मोत्सवको केक अघिल्लो राती नै श्रीमति राधिका शाक्यका साथमा काटेका थिए ।

ओलीको जन्मदिनका अवसरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जाल मार्फत दिएका शुभकामना भाइरल भइरहको छन् । त्यसो त आजै बसेको स्थायीय समितिको बैठक नै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको जन्मदिनको केक काटेर सुरु भएको थियो ।

प्रधानमन्त्रीको जन्मदिनका अवसरमा एमाले पार्टी कार्यालयले सूर्य चिन्ह अंकित केक बालुवाटार पुर्‍याएको थियो। स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्रीले त्यो काटेका थिए। उता शुक्रबार नै मदन भण्डारी स्पोर्टर्स एकेडमीले फुटबलको आकारको केक बालुवाटार लगेको थियो।

प्रधानमन्त्रीलाई भारतीय र चिनियाँ राजदूतले बालुवाटारमै पुगेर जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिनको शुभकामना सहित राजदूतहरुले कार्यकाल सफता र दिर्घायूको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

१४ वर्ष लामो कारावासमा गुजारेको ओलीले जीवनको उत्तरार्धसम्म जन्मदिन नमनाएपनि समर्थकमाझ चार वर्षअघि निजी निवास बालकोटमा जमघट आयोजना गरेका थिए। त्यो जन्मदिन मनाएको बर्षमा ओली संसदीय दलको नेता र पार्टी अध्यक्ष भएपछि जन्मदिन मनाएको भन्दै पार्टीभित्रको प्रतिपक्षीहरुबाट आलोचना भएको थियो।

२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओली समकालिन नेताहरुमा सबैभन्दा बढी संघर्षशील तथा राजनीतिक अडान लिने राष्टवादी नेता हुन् ।

ओली ०५१ सालको अल्मतको सरकारमा गृहमन्त्री, ०६२ पछि गिरिजा कोइरालाको सरकामा परराष्ट्रमन्त्री र नयां संविधान जारी भएपछि प्रधानमन्त्री भएका थिए । हालै सम्पन्न निर्वाचनमा माओवादीसंग तालमेल गरी अधिक बहुमत प्राप्त मात्र गरेनन् माओवादीसंग पार्टी एकता समेत गर्ने सफलता प्राप्त गरेका छन् ।

फोटो :प्रधानमन्त्रीको नीजि सचिवालय

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group