ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६७ लागेकामा प्रधानमन्त्रीको विहीबार रातीदेखि शुक्रबार रातीसम्म केकको बहार(फोटो फिचर)


ABC NEWS


काठमाडौं ११ फागुन । नबनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६६ वर्ष पूरा गरी ६७ वर्ष प्रवेश गरेका छन् । सामान्यत राती दुई बजेपछिमात्र सत्ने बानीका कारण प्रधानमन्त्री ओलीले जन्मोत्सवको केक अघिल्लो राती नै श्रीमति राधिका शाक्यका साथमा काटेका थिए ।

ओलीको जन्मदिनका अवसरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जाल मार्फत दिएका शुभकामना भाइरल भइरहको छन् । त्यसो त आजै बसेको स्थायीय समितिको बैठक नै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको जन्मदिनको केक काटेर सुरु भएको थियो ।

प्रधानमन्त्रीको जन्मदिनका अवसरमा एमाले पार्टी कार्यालयले सूर्य चिन्ह अंकित केक बालुवाटार पुर्‍याएको थियो। स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्रीले त्यो काटेका थिए। उता शुक्रबार नै मदन भण्डारी स्पोर्टर्स एकेडमीले फुटबलको आकारको केक बालुवाटार लगेको थियो।

प्रधानमन्त्रीलाई भारतीय र चिनियाँ राजदूतले बालुवाटारमै पुगेर जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिनको शुभकामना सहित राजदूतहरुले कार्यकाल सफता र दिर्घायूको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

१४ वर्ष लामो कारावासमा गुजारेको ओलीले जीवनको उत्तरार्धसम्म जन्मदिन नमनाएपनि समर्थकमाझ चार वर्षअघि निजी निवास बालकोटमा जमघट आयोजना गरेका थिए। त्यो जन्मदिन मनाएको बर्षमा ओली संसदीय दलको नेता र पार्टी अध्यक्ष भएपछि जन्मदिन मनाएको भन्दै पार्टीभित्रको प्रतिपक्षीहरुबाट आलोचना भएको थियो।

२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओली समकालिन नेताहरुमा सबैभन्दा बढी संघर्षशील तथा राजनीतिक अडान लिने राष्टवादी नेता हुन् ।

ओली ०५१ सालको अल्मतको सरकारमा गृहमन्त्री, ०६२ पछि गिरिजा कोइरालाको सरकामा परराष्ट्रमन्त्री र नयां संविधान जारी भएपछि प्रधानमन्त्री भएका थिए । हालै सम्पन्न निर्वाचनमा माओवादीसंग तालमेल गरी अधिक बहुमत प्राप्त मात्र गरेनन् माओवादीसंग पार्टी एकता समेत गर्ने सफलता प्राप्त गरेका छन् ।

फोटो :प्रधानमन्त्रीको नीजि सचिवालय

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com