ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीलाई बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाऔं – प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीलाई विश्वमै बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाउनुपर्ने बताएका छन् । बिहीबार बिहान बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित २५६८औं बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बौद्ध दर्शन अध्ययनको केन्द्र बनाउनकै लागि लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापना गरिएको पनि बताएका छन् ।

‘यसका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रभावकारी भूमिका जरुरी छ,’उनले भने, ‘विश्वविद्यालयको केही महिनाअघि बसेको १९ सभाले पनि यस्तै निर्णय गरेकाले त्यही अनुसार भूमिका खेल्न अनुरोध छ ।’ विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गरेर अगाडि बढाउन उनले अनुरोध गरेका थिए ।

शान्ति र वार्ताका माध्यामबाट विश्वमा शान्ति स्थापनाका लागि लुम्बिनीले सधैं सन्देश दिने गरेको उल्लेख गर्दै सन २००४ मा दोस्रो बौद्ध शिखर सम्मेलन आयोजना गरिएको स्मरण गरे । ‘त्यसयता शिखर सम्मेलन आयोजना सम्भव भइरहेको छैन,’उनले भने, ‘सरकारले छिट्टै तेस्रो शिखर सम्मेलन आयोजना गर्नेछ, त्यसका लागि तयार रहनुस् ।’ कार्यक्रममा लामो समयदेखि सम्भावित विश्व सम्पदा सूचीमा रहेको कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा अंकित गर्न लागि मनोनय दर्ता गरिसकिएको जनाए ।

‘उक्त मनोनयन पूरा गर्न सघाउन सम्पूर्ण राष्ट्रलाई सहयोगका लागि अनुरोध छ,’उनले भने, ‘संयुक्त राष्ट्रसंघको ४७ औं महासभाले टुंगो लगाउने भएकाले सहयोगको अपेक्षासहित आह्वान गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com