काठमाडौं १० जेठ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन्।
उनले कायममुकायम सीईओको रुपमा काम गर्दै आएका थिए।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले रिक्त पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल चार वर्ष रहने बैंकका एक सञ्चालक समिति सदस्यले जानकारी दिए।
यसअघि सीईओ नियुक्ति सिफारिस उपसमितिले ५ जनालाई सर्टलिस्टमा राखेको थियो। सर्टलिस्टमा खनालसँगै कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी समेत रहेका थिए।
सीईओका लागि २० जनाले आवेदन दिएकामा तीमध्ये ५ जना सर्टलिस्टमा परेका थिए। सर्टलिस्टबाट खनालले सीईओ बन्ने मौका पाएका हुन्।
किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाललाई कायममुकायमको जिम्मेवारी दिइएको थियो।








प्रतिक्रिया दिनुहोस्