ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति


एबीसी न्यूज

काठमाडौं १० जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो । उहाँले आजकै दिन स्वाँया पुन्हिः, उँभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिनुभएको छ ।

भगवान् गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–जस्तो वीरलैको त्रिसंयोग एकै दिन अर्थात् वैशाख पूर्णिमामा भएकाले यो दिवसको अत्यन्तै ठूलो महत्व रहेको उहाँको भनाइ छ । “गौतमबुद्धले ३६ वर्ष उमेरमा दिनुभएको पञ्चशीलका उपदेशहरु स् चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु–अजम्बरी मात्रै छैनन्, आज पनि उत्तिकै समय सान्दर्भिक छन् । यी उपदेशहरुलाई हामी सबैले अनुशरण, अनुकरण र आत्मसात गर्दै आ–आफ्नो जीवन पथमा अग्रसर हुन अति आवश्यक छ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने मान्यता राख्नेहरुमा अन्य धर्मका मानिस पनि उत्तिकै भएको उहाँको भनाइ छ । “सिङ्गो मानव जातिका लागि गौतमबुद्धका वाणी, त्याग, तपस्या र सङ्घर्ष सर्व–धर्म र सर्व–सम्प्रदायमा मूलसूत्रका रुपमा व्याप्त छन् । सत्ता र वैभव समस्या समाधानका लागि पूर्ण हुने धेरैको भ्रमलाई चिर्न भगवान बुद्ध सफल हुनुभएको एउटा सत्य र यथार्थ पनि हो”, सन्देशमा भनिएको छ ।

बुद्ध जयन्तीका अवसरमा बुद्धसँग सम्बन्धित पवित्रस्थलमा दीप प्रज्जवलित गर्ने, रङ्गीन पताकाहरुले झकिझकाउ बनाउने र बुद्धको शिक्षामा आधारित जीवन जिउने सङ्कल्प लिने परम्परा रहिआएको छ । यसले मौलिक सांस्कृतिक पक्ष र जीवन सूत्रको महत्वलाई दर्शाउँदछ ।

गौतम बुद्धको जन्म सिद्धार्थ गौतमका रुपमा झण्डै ५६३ इसा पूर्व नेपालको लुम्बिनीमा हुनुले नेपालको संस्कृतिमा बौद्ध धर्मको अतूलनीय योगदान हाम्रा लागि मौलिक तथा ऐतिहासिक पक्ष भएको उहाँले बताउनुभयो । “अहिंसाको अवधारणा बौद्ध धर्मको प्रमुख योगदान त हुँदै हो, नेपालको कला एवं वास्तुकलामा बौद्ध धर्मको उल्लेख्य योगदान पनि उत्तिकै छ”, उहाँले भन्नुभयो ।

बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरुले मात्रै होइन हिन्दू धर्मावलम्बीहरुले पनि उत्तिकै श्रद्धाका साथ मनाउने गर्छन् । यो भनेको हाम्रोजस्तो बहुधार्मिक मुलुकमा परस्परा धार्मिक घुलनशीलता र सहिष्णुताको विशिष्ट उदाहरण हो । यसबाट कुनै पनि धर्मले अन्य धर्मप्रति सदाचार, सद्भाव र समभाव कायम राख्ने पवित्र सन्देश प्रवाह गरेको हुन्छ ।

“यो हामी सबैका लागि अत्यन्तै मननीय छ । बुद्ध पूर्णिमा ९बुद्ध जयन्ती० पर्व गौतम बुद्धका आदर्शहरु तथा धर्मको मार्गमा हिँड्ने प्रेरणा प्रदान गर्दछ । यो पर्व सबैलाई शान्तिको सन्देश पनि दिन्छ । यस पर्वका अवसरमा बौद्ध धर्मका अनुयायीहरुले भगवान् बुद्धका पवित्र तथा धार्मिकस्थलमा गई मौलिक परम्पराअनुसार पूजापाठ गर्नु, बोधीवृक्षमा पूजा गर्नु, दियो बाल्नु, दूध र इत्र मिश्रित पवित्र जल चढाउनु, सरसौँको तेल हालेको दियो पीपलको बोट मुनि बाल्नेजस्ता अनुष्ठान यो धर्मको अर्को मौलिक संस्कृति र पहिचान हो”, शुभकामना सन्देशमा भनिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com