ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश सिरोहिया पक्राउ सरकारको अधिनायकवादी कार्यशैलीको परिणामः जनमोर्चा


एबीसी न्यूज
जेष्ठ ९, २०८१ बुधबार   १२ : ३९   बजे

messenger sharing button
sharethis sharing button
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं ९ जेठ । राष्ट्रिय जनमोर्चा पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोध जनाएको छ।

बुधबार विज्ञप्ति जारी गरी जनमोर्चा अध्यक्ष  चित्रबहादुर केसीले सिरोहियालाई पक्राउ गर्नुलाई सरकारको ‘अधिनायकवादी कार्यशैलीको परिणाम’ भनेका छन्।

‘‍कान्तिपुर प्रकाशन ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाको गिरफ्तारीको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो विरोधमा समाचार सम्प्रेषण गर्ने संचारगृहलाई निशाना बनाउनु सरकारको अधिनायकवादी कार्यशैलीको परिणाम हो।’

सिरोहियालाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ कार्यकक्षबाटै पक्राउ गरेको थियो।

उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित कार्यालयमा पुगेको थियो।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते धनुषा प्रहरीमा जाहेरी परेको थियो।

जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए।

सिरोहियालाई मंगलबार नै धनुषा पुर्‍याइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

सम्बन्धित

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

विश्वकप २०२६ : लुकाकुको प्रभावशाली प्रवेशले बेल्जियमलाई हारबाट जोगायो, इजिप्टसँग १–१ को बराबरी

विश्वकप २०२६ मा ऐतिहासिक चमत्कार : केप भर्डेले डेब्यु खेलमै स्पेनलाई बराबरीमा रोक्यो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group