ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटाङमा पोलियो विरुद्धको आइपिभी खोप अभियान


एबीसी न्यूज

काठमाडौं ९ जेठ । खोटाङमा जेठ १३ गतेदेखि पोलियो विरुद्धको आइपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । १३ देखि जेठ १५ गतेसम्म पोलियो विरुद्धको आइपिभी खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्ममा जन्मिएका तर पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई राष्ट्रिय अभियान अन्तरगत सो खोप दिने तयारी गरिएको हो । जन्मेको ६ वर्षदेखि ८ वर्षपछि जिल्लाका ७ हजार ७१३ जना बालबालिकालाई पोलियो विरुद्धको आइपिभी खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौंलागाईले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले जेठ ८ गते जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण कार्यक्रम गर्दै पोलियो विरुद्धको खोप अभियान तयारीका वारेमा जानकारी दिएको हो । पक्षघात गराउन सक्ने पोलियो विरुद्धको तीन दिने खोप अभियान सञ्चालनका लागि जिल्लामा २७६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । हरेक खोप केन्द्रमा एक÷एक जना खोप दिने स्वास्थ्यकर्मी खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक खोप केन्द्रमा दुई÷दुई जनाका दरले ५५२ जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय प्रमुख चौंलागाईले बताउनुभयो । यस्तै, ९९ जना स्थानीय सुपरिवेक्षक र प्रतेक वडाका कम्तीमा तीन स्थान हुनेगरी २३७ स्थानमा छुट बच्चाको द्रुत सवेक्षण स्थान तोकिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिकाका ५८९ जना, ऐसेलुखर्क गाउँपालिकाका ५५७ जना, रावाबेँसी गाउँपालिकाका ४४३ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ हजार २४८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ हजार ११२ जना, साकेला गाउँपालिकाका ४४९ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ६९५ जना, खोटेहाङ गाउँपालिकाका ६८८ जना, जन्तेढुंगा गाउँपालिकाका ५०९ जना र बराहपोखरी गाउँपालिकाका ४२३ जना बालबालिकालाई खोप दिने तयारी गरिएको छ ।

२०७३ जेठदेखि २०७५ भदौको बिचमा आइपिभी खोपको अभाव हुँदा बालबालिका सो खोपबाट बञ्चित भएका थिए । सो अवधिमा खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने जोखिम भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला स्तरिय खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पोलियो रोगबाट बच्न र बचाउनका लागि आ–आफ्नो बालबालिकालाई पायक पर्ने केन्द्रमा लगेर आइपिभी खोप लगाउन आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com