ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी प्रकरण थप चर्काउन विपक्षी दल एकमत, सभामुख तटस्थ भएनन, सत्तापक्षमा बहुमतको दम्भ !


ABC News

 

काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी प्रकरणमा सदन र सडक दुवैतिरबाट संसदीय छानबिन समिति माग गर्ने निर्णय गरेको छ।

सोमबारको प्रतिनिधिसभा बैठकलगत्तै बसेको विपक्षी दलहरूको बैठकले सभामुख देवराज घिमिरेको भूमिकामाथि समेत प्रश्न उठाएको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालखबरलाई जानकारी दिए।

‘सहकारी प्रकरणमा थप सशक्त भएर प्रस्तुत हुन्छौँ,’ उनले भने, ‘हाम्रो बैठकले सभामुखको आफ्नो पदीय जिम्मेवारीमा रहनुभएन भन्ने निष्कर्ष निकालेको छ।’

सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए। यो घटनालाई गम्भीर रुपमा बैठकले लिएको पनि उनले बताए।
मुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विपक्षीहरूले पटक पटक बोल्न माग गरे पनि सभामुखले समय नदिएको बताए । नेपालको संसदीय अभ्यासमा संसद् विपक्षको हुन्छ भन्ने स्थापित मान्यता रहेको भन्दै उनले भने, ‘तर आज सम्माननीय सभामुखले विपक्षी दललाई पनि बोल्न दिनुभएन ।’

‘सभामुखले विपक्षी दललाई बोल्न नदिनुको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । निरंकुशताको मनोवृत्ति छ’ उनले अगाडि भने । प्रमुख सचेतक लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठकले संसदीय मूल्य मान्यता विपरीत नजान सरकारलाई चेतावनी दिएको छ ।

 

संसदीय छानबिन समिति बनाउने सहमति भएर कार्यादेशमा छलफल चलिरहेको र संविधान बमोजिम विश्वासको मत लिने समय पर्याप्त रहेको भन्दै उनले भने, ‘सरकारले अवरुद्ध संसद्को बिचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो , अत्यन्त दुःखदायी घटना हो ।’

संसद्लाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिनु खेदजनक भएको कांग्रेसले बताएको छ ।

संसद्को सोमबारको बैठकमा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको कांग्रसले ठहर गरेको छ । ‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने ।

बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com