ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री हिंस्रक रुपमा प्रस्तुत भए, छानबिन समिति बटमलाइन-कांग्रेस


एबीसी न्यूज

काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने हिंस्रक ढंगबाट प्रस्तुत भएको निष्कर्ष निकालेको छ।

सोमबार बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकले उनको अभिव्यक्तिप्रति घोर निन्दा र भत्र्सना गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।

‘प्रतिनधिसभामा जे कुरा बोल्नुभएको छ, त्यो असत्य, असभ्य, भ्रामक, कपोकल्पित र हिंस्रक ढंगले प्रस्तुत हुनुभएको छ। उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारीमा रहेका मान्छेले प्रश्न सोध्ने होइन, आफ्नो जवाफ दिने हो,’ लेखकले अघि भने, ‘अरुमाथि तथाकथित विषयलाई उठाएर उहाँ आफूमाथि लगाएका अभियोगबाट भाग्ने प्रयास गर्नुभयो। त्यो भाग्नका लागि असत्य र हिंस्रक ढंगले प्रस्तुत गर्नुभएको छ। उहाँको अभिव्यक्तिप्रति घोर निन्दा र भत्र्सना गरेको छ।’

 

साथै, उनले संसदीय छानबिन समिति कांग्रेसको प्रमुख बटमलाइन भएको पनि बताए।

‘आजको बैठकले हामीले सहकारीको ठगीमा संलग्न माननीय रवि लामिछानेजी, सम्बन्धित सहकारी र कम्पनीलाई कडा कारबाही, स्वतन्त्र निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति बनाउने कुरामा हामी दृढ छौँ। छानबिन समिति हाम्रो बटमलाइन हो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com