ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पष्ट नीति नहुँदा योजना सञ्चालनमा समस्या- मन्त्री राना


एबीसी न्यूज

काठमाडौं ६ जेठ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले कुन सरकारले काम गर्ने भन्ने नीति स्पष्ट नहुँदा प्रदेशमा सञ्चालित योजनाहरु सञ्चालनमा समस्या भएको बताउनुभएको छ ।

भर्खरै मात्र आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त हुनुभएका मन्त्री रानाले सङ्घमार्फत सञ्चालित धेरै योजना प्रदेश सरकारलाई जिम्मा लगाइएको भए पनि दायित्वअनुसार योजनाको बजेट केन्द्रबाट प्राप्त नहुँदा धेरै योजना अलपत्र अवस्थामा रहेको बताउनुभयो ।

आफ्नो गृह जिल्ला इलाम आइपुग्नुभएका रानाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकार अन्तर्गत सञ्चालन भएका कतिपय योजनाहरु स्पष्ट नीति नबनाइ स्थानीय सरकारलाई जिम्मा लगाउँदा त्यसमा पनि सम्पन्न गर्न समस्या रहेको बताउनुभयो ।

तीन तहका सरकारमध्ये कति बजेटसम्मको योजना कुन सरकारले सञ्चालन गर्ने भन्ने स्पष्ट नीतिको अझै खाँचो रहेको मन्त्री रानाको भनाइ छ । ‘इलामकै पनि नेपालटार–मङ्गलबारे सडक वर्षौंअघि कालोपत्रे भयो, केन्द्रको योजना अन्तर्गत काम सम्पन्न भयो । अहिले यो योजना प्रदेश सरकारको दायित्वमा कागजी रुपमा आएको छ । त्यसको बजेट केन्द्रबाट आएन’ उहाँले भन्नुभयो ।

मन्त्री रानाले भन्नुभयो, ‘सानातिना सडक र योजना पनि प्रदेश आफैंले जिम्मा लिएको छ ताकि ती योजना स्थानीय सरकारलाई दिंदा चाँडो काम सम्पन्न हुने देखिन्छ । यी विषयमा हाम्रो ध्यान केन्द्रित भएको छ ।’

पटक–पटक मन्त्री फेरिएर सरकारले स्थायी रुप नलिएकाले पनि यसअघिबाट योजनाको कामको निरन्तरता र भुक्तानीमा ढिलासुस्ती भएको मन्त्री रानाले बताउनुभयो । ‘अहिले पनि कोशी प्रदेशमा सडकका योजनाको काम समयमा सक्कियो भने असारभित्र ११ अर्ब तिर्नुपर्ने अवस्था छ’ मन्त्री रानाले भन्नुभयो, ‘जम्मा बजेट २८–२९ अर्बको पेरिफेरिमा हुन्छ होला, तिर्नुपर्ने रकम नै ११ अर्ब छ, आम्दानीको स्रोत पनि जोखिममा छ । निकै अप्ठ्यारोमा छौं हामी अहिले ।’

त्यस बाहेक खानेपानी र सिँचाइका पनि योजनाहरु अधुरो अवस्थामा रहेको मन्त्री रानाको भनाइ छ । ‘यी सबै योजनालाई समयमा सहज ढङ्गले सम्पन्न गर्न कुन योजना कस्ले निर्माणको जिम्मा लिने भन्ने स्पष्ट नीति बनाउन जरुरी छ । अब हामी नीति बनाउने विषयमा लाग्नेछौं’ मन्त्री रानाले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com