ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साइमेक्सले एकै दिन गर्‍यो ५० वटा बीवाईडी ईभी डेलिभरी


एबीसी न्यूज

काठमाडौं ६ जेठ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ।

शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो।

उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरिएको कम्पनीले उल्लेख गरेको छ। यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधानतर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको छ। अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशीलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरुमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रुपमा कार्य गरेको छ।

कम्पनीका अनुसार सो अवसरमा रोड साइड असिस्टेन्स ९आरएसए० भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो। बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ। निर्बाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्नेछ।

‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनः पुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशील तण्डुकारले भने।

अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने कम्पनीको प्रतिबद्धतालाई यसले दर्शाउने उनको भनाइ छ।

उनका अनुसार आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ ।

बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन्।

यी गाडी इनर्जी एफिसियन्ट समेत छन्। इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com