ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय छानबिन समितिको टीओआरमा सहमति हुन सकेन- कांग्रेसले समय माग्यो


एबीसी न्यूज

काठमाडौं ६ जेठ । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षको कार्यदलबीच छलफल भएको छ । संसदीय छानबिन समितिको कार्यादेश के हुने भन्ने तय गर्न गठित समितिले बुँदागत रूपमा सहमति जुटाउन भने सकेन ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी संयोजकत्वको समितिको आइतबार बिहान बसेको बैठकले सहमति जुटाउन सकेन । सैद्धान्तिक रूपमा सहकारी समस्या समाधान गर्नका लागि कार्यदलमा रहेका सदस्यहरूबीच समझदारी भएपनि बुँदागत रूपमा कार्यादेशबारे सहमति जुट्न नसकेको हो ।

समिति सदस्य तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार कार्यादेश बनाउने विषयमा सहमति नजिक पुगिएको बताए । ुहिजो समिति बनाउने सहमति भयो । टीओआर बनाउने समितिको छलफल भयो । सहमति नजिक पुगेका छौं तर बैठक टुंगिएको छैन । हामीले टीओआर कस्तो बनाउने भन्ने विषयमा टाढा पनि छैनौं र एकाध विषयमा कांग्रेसका आफ्ना भनाइ छन्,ु बर्तौलाले भने, ुसमग्र सहकारीको समस्या समाधान होस् भन्ने विषयमा छलफल भयो । संसदीय समिति सांसदहरूको समिति हो । त्यसले अनुसन्धान अधिकारीका रूपमा कति काम गर्न सक्छ भन्ने याद गरौं । नीतिगत र संचनागत पक्षमा कसरी बढीभन्दा बढी लाभ पुग्न सक्छ भन्ने कुरामा सैद्धान्तिक सहमति भएको छ ।ु

संसदीय छानबिन समितिको कार्यादेश कस्तो बनाउने भन्ने बुँदागत रूपमा सहमति हुन नसकेको बर्तौलाले बताए । समितिमा रहेका कांग्रेस सदस्यहरूले समय मागेपछि फेरि बस्नेगरी बैठक स्थगित गरिएको उनले जानकारी दिए । विषयगत रूपमा, बुँदागत रूपमा टीओ‌आर टुंग्याउन उहाँहरूले केही समय मागेको हुँदा बैठक स्थगित भयो । बेलुकासम्म टुंग्याउन सक्छौं, उनले भने ।

कार्यादेश तय गर्न गठित समितिमा कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने र उनले रकम अपचलन गरेका भनिएका सहकारीको नाम लेख्ने भन्नेबारे सैद्धान्तिक सहमति बनेको बताइएको छ ।

समितिमा सहमति जुट्न नसक्दा राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठक अवरुद्ध भएका छन् । दुवै सदनका बैठक सूचना टाँसेर आजै बस्ने गरी समय परिवर्तन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com