ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तापक्ष र प्रतिपक्षीको संवाद फेरि पनि रविकै नाममा पुगेर अड्कियो


एबीसी न्यूज

काठमाडौं ६ जेठ । सत्तारुढ र प्रतिपक्षी दलहरूबीच संसदीय छानबिन समितिसम्बन्धी टीओआर कार्यदेश बारे सहमति जुटाउने विषय पुनः पेचिलो बन्दै गएको छ।

शनिबार साँझ संसदीय छानबिन समिति बनाउन तयार भएका दलहरू आइतबार बिहानैबाट टीओआर कस्तो बनाउने भन्नेबारे छलफलमा व्यस्त छन्। सिंहदरबारमा बिहानैदेखि टीओआर कार्यदलका सदस्यहरू छलफलमा थिए।

तर, समस्याग्रस्त सहकारीको नाम राख्ने÷नराख्ने भन्नेबारे सहमति जुट्न नसक्दा आइतबारका लागि बोलाइएको बैठक पनि प्रभावित बनेको छ।

 

‘टीओआरले फेरि होमवर्क गरेर ल्याएको प्रस्तावमा सबै दलको सहमति भयो भने संसदीय समिति बनेपछि मात्रै सदन चल्छ,’ लोसपा नेता शरतसिंह भण्डारीले भने।

उनका अनुसार, समस्याग्रस्त सहकारी र त्यसमा संलग्न देखिएका व्यक्तिको नाममा छानबिन हुनुपर्ने अडान कांग्रेसले कार्यदलको बैठकमा राखेको छ।

‘जुन जुन सहकारी समस्याग्रस्त छन्, घोषणा भइसकेको छ, गृहमन्त्री लगायतका मानिसको नाम आएको छ,’ उनले अघि भने, ‘समस्याग्रस्त सहकारी र संलग्न भएका व्यक्तिहरूको पनि छानबिन गरेर दोषीमाथि कारबाही गर्नु समिति बनाउनुपर्ने अडान कायमै छ।’

उनले कसैको नाम नै उल्लेख नगरी समिति बनाउन आवश्यक नै नभएको तर्क गरे।

‘सहकारीको मात्रै छानबिन गरिने भएको भए त सहकारी विभाग छँदै थियो नि। संसदीय समिति किन चाहिन्थ्योरु,’ उनले थपे।

सत्तारुढ दलहरूले भने समग्र सहकारीको छानबिन गर्नुपर्ने भएकाले व्यक्ति केन्द्रीत नभई समिति बनाउनुपर्ने पुरानै तर्क आज पनि कार्यदलको बैठकमा राखेका छन्।

‘कुन कुन सहकारी समस्याग्रस्त हुन भन्ने कुरा त क्लियर हुनुपर्यो नि,’ भण्डारीले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com