ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार कार्यदलको प्रतिवेदन सर्वोच्च अदालतको क्षेत्राधिकार घटाउनुपर्छ


एबीसी न्यूज

काठमाडौं ६ जेठ । न्यायपालिकाको पुनर्संरचनाबारे नेपाल बार एशोसिएसनले गठन गरेको कार्यदलले सर्वोच्च अदालतको क्षेत्राधिकार हटाउनुपर्ने प्रस्ताव गरेको छ ।

सेवाग्राहीलाई छिटो, छरितो र समयमै सहज न्याय पाउनका लागि सीमित मुद्दामात्रै सर्वोच्च अदालतमा आउने परिपापाटि गर्नुपर्ने भन्दै बारले सर्वोच्च अदालतको क्षेत्राधिकार कटौती गर्न सुझाव दिएको हो ।

संवैधानिक तथा मौलिक हकका विषयवस्तु, संघीय कानुनसँग सम्बन्धित विषयवस्तु अनि देवानी र फौजदारी विषयका गम्भीर मुद्दामात्रै सर्वोच्च अदालतले हेर्न पाउनेगरी क्षेत्राधिकार पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको कार्यदलको छ ।

बार कार्यदलले निर्वाचन विवादमात्रै सर्वोच्च अदालतमा प्रवेश हुनुपर्ने कार्यदलको भनाइछ ।

 

सर्वोच्च अदालतले अहिले असाधारण क्षेत्राधिकार अन्तर्गत सामान्य विषयवस्तुहरु पनि हेर्दै आएको छ । उसले संघीय सांसदहरुको योग्यताको विवादवारे केही बोलेको छैन । हाल त्यो अधिकार सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ ।

बारको कार्यदलले उच्च अदालतलाई पनि अभिलेख अदालतको रुपमा विकास गर्नुपर्ने र ती अदालतले प्रतिपादन गरेको नजिर सम्बन्धित प्रादेशिक क्षेत्रभित्र कानुन सरह लागू हुनुपर्ने प्रस्ताव गरेको छ ।

उसले ६ महिने कोर्स गरेकाहरुलाई मात्रै जिल्ला न्यायाधीशमा सिफारिस गर्नुपर्ने भनेको छ । कर्मचारी र कानुन व्यवसायीको प्रतिशत तोकेर परीक्षामार्फत जिल्ला न्यायाधीश सिफारिस गर्ने अहिलेको प्रणाली पनि हटाउनुपर्ने सुझाव दिएको छ ।

गत मंसीरमा चितवनमा सम्पन्न कार्यकारिणी परिषदले न्यायापालिकाको पुनर्संरचनाका लागि अध्ययन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा गठित समितिले यस्तो सुझाव दिएको हो ।

समितिमा वरिष्ठ अधिवक्ताहरु मुक्ति प्रधान, सविता भण्डारी बराल, डा। चन्द्रकान्त ज्ञवाली, रमेश बडाल, खम्मबहादुर खाती, अधिवक्ताहरु पंकजकुमार कर्ण, दिपेन्द्र झा र यज्ञमणि न्यौपाने सदस्य थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com