ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरूको निर्णय, चित्त नबुझे सदन चल्न नदिने


एबीसी न्यूज

काठमाडौं ६ जेठ । प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ।

आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालखबरलाई बताए।

‘गृहमन्त्रीलाई बोल्न दिने र उहाँको कुरा सुन्ने विपक्षी दलहरूको निर्णय भएको छ,’ शाहीले भने, छउहाँको कुरा चित्त बुझ्यो भने सदन अघि बढाउने समझदारी छ।’

 

यसअघि शनिबार साँझ सत्तारुढ र प्रतिपक्षी दलहरूबीच संसदीय समिति बनाउने सहमति भएको थियो।

सोही समितिको टीओआर बनाउन ४ सदस्यीय टोली समेत गठन भएको थियो। सो कार्यदलले आइतबार बिहानैबाट छलफल गरिरहेको छ।

तर, समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ।

समितिको टीओआर ९कार्यादेश० बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ।

आइतबार बिहानैबाट कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। यद्यपि उनीहरूबीच बिहान ११ बजेसम्म पनि सहमति जुट्न सकेको छैन।

स्रोतका अनुसार, कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छलफलमा सहभागी हुन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com