ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘न्यायपालिकाप्रतिको आशङ्का निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ’


एबीसी न्यूज

काठमाडौं ४ जेठ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशङ्काहरूको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संम्वद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा बोल्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले सो कुरा बताउनुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले विशेष गरी आम नागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुहुँदै त्यसका लागि नेपाल बार एसोसिएसन, कानुन व्यवसायीहरू र अदालतले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

‘‘नेपालको संविधानले न्याय पालिकालाई नागरिकका हक, अधिकारको संरक्षण तथा सङ्घीयतामा आधारित लोकतान्त्रिक शासन पद्धति एवम् विधिको शासनलाई व्यवहारमा रूपान्तरण गर्ने गहन जिम्मेवारी सुम्पेको छ । स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ड राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिका र जिम्मेवारीको सक्षमतापूर्वक, निर्भयका साथ संविधानको कार्यान्वयनमा न्यायपालिकाले आफ्नो समग्र प्रयासहरू केन्द्रित गर्दै आएको छ ।,’’ प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘‘यस कार्यमा नेपाल बार एसोसिएसन र कानुन व्यवसायीहरूको भूमिका समेत त्यत्तिकै अहम् र अपरिहार्य रहन्छ । त्यस प्रकारको भूमिका र जिम्मेवारीको विषयमा सम्मेलनमा गहन छलफल र विमर्श हुने नै छ । वास्तवमा विधिको शासन, सुशासन, संविधानवाद र स्वतन्त्र न्यायपालिका एक अर्काका परिपूरक र अन्तरसम्बन्धित अवधारणा वा मान्यताहरू हुन् ।’’

अदालत र बार एसोसिएसन तथा न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका केही फरक रहेपनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति रहेको औँल्याउनुहुँदै उहाँले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले आगामी साउनदेखि लागू हुनेगरी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको भन्दै त्यसमा सुझाव दिन पनि नेपाल बार लगायत संम्वद्ध सबैमा आग्रह समेत गर्नुभयो ।

‘‘संविधान र आम नागरिकको न्यायपालिका प्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवम् प्रभावकारी न्याय सम्पादन नै हो । सुशासन, जबाफदेहिता, उत्तरदायित्व लगायतका मूल्य, मान्यताको प्रवर्द्धन गर्दै त्यसलाई अनुभूतिको तहमा पुर्‍याउने कार्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको छ । विशेषगरी आम नागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता नै हो ।,’’ प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘‘न्यायपालिकाप्रतिको आशङ्काहरूको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि हामी सबैका प्रयासहरू त्यसतर्फ मुखरित हुनुपर्दछ । मैले यसभन्दा अगाडि पनि भन्दै आएको छु कि अदालत र बार एसोसिएसन तथा न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका केही फरक रहेपनि सबैको लक्ष्य वा गन्तव्य एउटै हो । स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्याय पालिका विनाको कानुन व्यवसायी तथा सबल व्यावसायिक र सुदृढ कानुन व्यवसायी बिनाको न्यायपालिकाको कल्पना गर्न सकिँदैन ।’’

त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ड राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उच्चो नबनाएसम्म हामी कोही पनि विश्वासिलो बन्न सक्दैनौँ । न्याय सुधारको प्रक्रियालाई योजनाबद्ध ढङ्गबाट अगाडि बढाउन न्याय पालिकाले २०६१ सालदेखि रणनीतिक योजनाको निर्माण र कार्यान्वयन गर्दै आएको छ । योजनाबद्ध सुधारको यो प्रक्रियालाई निरन्तरता दिँदै आगामी साउनदेखि लागू हुने परी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको छ ।’’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com