ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार छलेर ल्याइएको नौ लाखका कपडा बरामद


एबीसी न्यूज

काठमाडौं ३ जेठ । भन्सार छलेर ल्याइएको नौ लाख रुपियाँभन्दा बढीका भारतीय कपडा महोत्तरी प्रहरीले बरामद गरेको छ । रामगोपालपुर नगरपालिका ६ स्थित सडक छेउबाट बेवारिसे अवस्थामा एक हजार १५७ थान कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । बरामद कपडामध्ये एक हजार र एक हजार पाँच सय दरका ७१५ थान साडी तथा सोही दरका ४४२ थान लेडिज कुर्ता सुरुवाल छन् ।

रामगोपालपुर आसपासका क्षेत्रमा सीमा तस्करको चलखेल बढेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट खटी गएको गस्तीले सामानसहित बीआर ०६ बीएक्स ३३४० नम्बरको मोटरसाइकसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलाल प्रसाद जसवारले जनाउनुभयो ।

यस्तै सीमा गस्तीमा रहेको प्रहरीले जलेश्वर नपा ३ बाट बीआर ०६ बीएल ४२२३ नम्बरको मोटरसाइकलसहित म्याक्स कम्पनीको ३६ लिटर मोविलसमेत नियन्त्रणमा लिएको छ । गस्ती प्रहरीलाई टाढैबाटदेखि मोटरसाइकसहित मोविल छाडेर तस्कर फरार भएको प्रहरीको भनाइ छ ।

बरामद कपडाको आठ लाख ४१ हजार आठ सय र मोटरसाइकलको ६० हजार गरी नौ लाख एक हजार आठ सय रुपियाँ तथा मोविल र मोटरसाइकलको एक लाख एक हजार ६ सय रुपियाँ प्रतिवेदन मूल्य कायम गरी कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com