ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज

काठमाडौं ३ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

सञ्चारिका समूह नेपालले आज आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भ पारेर ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ विषयक अन्तरक्रियामा उहाँले जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विपद्पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषणलगायतमा सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने बेला आएको छ । जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्याङ्क विश्लेषण, जोखिमको सूचना प्रवाह, क्षमता अभिवृद्धि र प्रतिकार्यमा केन्द्रित भएर आमनागरिकलाई सचेत बनाउने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।”

उहाँले अझै विपद् जोखिमका पूर्वसूचना र जोखिम विश्लेषण गुणात्मकरुपमा बढाउँदै हिन्दुकुश हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउने सवाललाई सञ्चारमाध्यमले पनि महत्वपूर्ण एजेण्डा बनाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले सिर्जना गर्ने लैङ्गिक विभेदको सवालमा पनि सञ्चार क्षेत्र गम्भीर बन्न आवश्यक रहेको बताउँदै विभेदमा परेका समुदायलाई सरकारले सम्बोधन गर्ने नीति लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तन ठूलो चुनौतीका रुपमा देखा परेको छ । यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ । नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो । जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपद्का घटना बर्सेनि बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ ।”

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले जलवायु परिवर्तनले विश्वभर संकट सिर्जना भइरहेकोमा महिलाहरु बढी प्रभावित भइरहेको बताउनुभयो । उहाँले आउने पुस्तालाई राम्रो प्रकृति अवस्था छोडेर जान सक्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले वातावरणीय प्रभावका विषय प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आफ्नो जीवनशैलीले पनि प्राकृतिक विपद् निम्तिएका छन् । वातावरणलाई जबसम्म मिडियाले विषयवस्तु ठान्दैन तबसम्म यसको सम्बोधन हुँदैन ।”

इन्टरनेशनल अलर्ट राष्ट्रिय निर्देशक रविना श्रेष्ठले वातावरणीय प्रभाव न्यूनीकरणमा सञ्चारमाध्यम पनि उल्लेखनीय भूमिका रहे बताउनुभयो । उहाँले नेपाल जोखियमुक्त देश भएको र यसको न्यूनीकरणका लागि सबै पक्षबाट लाग्नुपर्नेसँगै आममानसमा जनचेतना बढाउन आवश्यक रहेको बताउनुभयो ।

यस वर्ष नेपालसहित विश्वभरि नै ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com