ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई शेखरको जवाफ– कुनै दलको धम्कीले कांग्रेस डराउँदैन


एबीसी न्यूज

काठमाडौं ३ जेठ । नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्।  बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनैपनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए। उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने पनि बताए।

बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए। सोही विषयलाई लिएर नेता कोईरालाले काँग्रेस कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन्।

 

‘कुनैपनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली काँग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ उनले भने।

उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताउँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर काँग्रेसलाई चित्त नबुझे काँग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरु नमानेको आरोप पनि लगाए।

‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ। भोलि के हुन्छ हामी भन्नसक्ने अवस्थामा छैनौँ। त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ। यहाँ केही कुरा क्लियरिफाइ गर्नुपर्नेछ, नेपाली काँग्रेसले,’ उनले भने, ‘साथीहरुले एउटा कुरा भन्नुभयो, तपाईंहरुले गृहमन्त्रीलाई बोल्न दिनुभएन। बोल्न दिन हुन्छ की हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा।रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमा छ। तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ। हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस्।’

नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने पनि बताए। नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप उनले लगाए।

‘हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ। यो क्लियर हुुनुपर्छ। हामीले संसद अवरुद्ध गर्ने कारण यही हो। लोकतान्त्रिक अवस्थामा संसद अवरुद्ध गर्न हुन्छ की हुँदैन भन्ने प्रश्न पनि छ, ति आफ्ना ठाउँमा छन्,’ उनले भने, ‘हामीले केही भनेको छैन। रवि लामिछानेजीले राजीनामा गर्नुपर्छ भनेको पनि छैन। छानबिन समिति बनाउनुस् भनेका छौँ। गृहमन्त्रीको नाम विभिन्न सहकारीबाट पटकपटक आएको छ। उहाँले नै गृहमन्त्री भएको नाताले पुलिस प्रशासनको पनि चिफ हुनुहुन्छ, कसरी न्याय दिन सक्नुहन्छरु यो कुरामा सत्ता पक्षका साथीहरु, दलहरु स्वीकार्ने पक्षमा देखिनुभएको छैन। यो गम्भीर प्रकृतिको विषय भएर अघि बढेको छ। पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, काँग्रेसले सदनमा राखेको हो।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com