ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा राई


एबीसी न्यूज

काठमाडौं २ जेठ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासंघ क्षेत्र नं। १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासंघको प्रथम अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । उहाँसँगै अन्य पदाधिकारी, सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

उपसभापतिद्वयमा इन्दु राजधामी र सन्तोष राई, सचिवद्वयमा सरिता मोक्तान र उज्ज्वल हलवाई, सहसचिवद्वयमा रामबहादुर श्रेष्ठ र रिजन तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा गीता श्रेष्ठ, दिपेश राई, रतन गुरुङ, सगुन लिम्बु, पुकार तामाङ, मोहित राई, दिलकुष्ण तामाङ, धनमाया लिम्बु, संगिता सुनुवार लिम्बु र निर्मला राई रहनुभएको छ ।

अधिवेशनले सर्वसम्मत रुपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु तिलकबहादुर सुनुवार, राजदीप लामा, राजकुमार भुजेल, मन्जिल कसजु, रमिना सुब्बा र रमिता श्रेष्ठ रहेको छ ।

निर्वाचित सबैलाई मतदान अधिकृत इन्द्रमोहन झाले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नवनिर्वाति सभापति राईले गरिमामय सभापतिको जिम्मेवारी सुम्पिनु भएकोमा नेतृत्व वर्गलाई धन्यवाद ज्ञापन गर्दै आफुप्रतिको विश्वासमा आवाञ्छित आरोप आउने कुनैपनि गतिविधि नगरी पार्टीको आदर्शबाट अबिचलित रही समग्र आदिवासी जनजाति समुदायलाई पार्टीसँग जोड्दै समुदायको हकहीतका लागि प्रतिवद्ध भई कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा १९२० सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधिद्वय ललिता अधिकारी शर्मा र पुजा धामीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com