ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति


एबीसी न्यूज

काठमाडौं १ जेठ । वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप एक करोड २६ लाखभन्दा बढी राहत रकम पाएका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म विदेशमा रोजगारीका लागि गएर समस्यामा परेका बाँकेका ३९ जनाले सो क्षतिपूर्ति पाएका हुन् ।

सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक कमलसिंह नेपालीले दिनुभएको जानकारी अनुसार वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, अङ्गभङ्ग, उद्धार तथा जालसाजीमा परेकाहरूले आप्रवासन कार्यक्रमको समन्वयमा वैदेशिक रोजगार बोर्डबाट एक करोड २६ लाख १९ हजार ४४० रुपियाँ क्षतिपूर्ति प्राप्त गरेका हुन् ।

संयोजक नेपालीले नेपालगन्ज उपमहानगरपालिकाका १३ जनाले ३२ लाख ५० हजार, कोहलपुर नगरपालिकाका नौ जनाले ४५ लाख ५० हजार, खजुरा गाउँपालिकाका तीन जनाले पाँच लाख २९ हजार ४४०, बैजनाथ गाउँपालिकाका आठ जनाले २१ लाख र अन्य ठाउँका ६ जनाले २१ लाख रुपियाँ प्राप्त गरेको बताउनुभयो ।

सुरक्षित आप्रवासन कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपालमा २०६७ सालदेखि सुरु भएको उक्त कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको जनाईएको छ ।

यसैगरि आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको सङ्ख्या नौ हजार ६२० पुगेको संयोजक नेपालीले बताउनुभयो । सो क्रममा नेपालगन्जका दुई हजार ३४१, कोहलपुरका दुई हजार १९, खजुराका एक हजार ४९१, बैजनाथका १ हजार ३९९ र अन्य ठाउँका २ हजार ३७० जनाले परामर्श सेवा लिएका हुन् ।

सोही प्रकारले रिटर्नी स्वयंसेवक परिचालनमार्फत घर भेट तथा सूचना प्रवाहको कार्य प्रगति पनि उल्लेखनीय रहेको जनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सुरक्षित आप्रवासन कार्यक्रम नेपालगन्जमा प्रभावकारी बन्दै गएको जनाउँदै यसबाट लाभ लिनेहरु बढ्दै गएको बताउनुभयो ।

उहाँले यो कार्यक्रममार्फत विदेशमा विभिन्न समस्यामा परेकालाई क्षतिपूर्ति दिलाउन सहज भएको पनि बताउनुभयो ।

नेपालगन्जका उपप्रमुख कमरुद्दिन राईले यो कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, सूचना तथा परामर्श सेवा दिने गरेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com