काठमाडौं १ जेठ । बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार दिउँसो ३ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची छ ।
संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राख्नुहुनेछ ।
वैशाख ३१ गतेबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना व्यक्त गर्नुभएको थियो भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्