काठमाडौं ३१ बैशाख । उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएलगत्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन्।
सोमबार बिहान साढे १० बजे महन्थलाई भेट्न उपेन्द्र उनकै निवास पुगेका थिए। भेटमा उपेन्द्रले सहकार्य गरेर अघि बढ्न आग्रह गरेको यादवका स्वकिय सचिव महेश चौरसियाले नेपालखबरलाई जानकारी दिए।
‘विशेषगरी मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले फिर्ता लिएपछि लोसपाको साथ र सहकार्यका लागि उहाँहरूबीच भेट भएको हो,’ चौरसियाले भने, ‘एउटै भेट पर्याप्त नबन्न सक्छ।’
आइतबार मधेस प्रदेशमा माओवादी केन्द्र र नेकपा एमाालेले समर्थन फिर्ता लिएको थियो। ‘अध्यक्षले सहकार्यका लागि प्रस्ताव गर्नुभएको हो, उहाँ ९महन्थ० ले पनि विचार गर्नेछु भन्नुभएको छ,’ उनले भने।
यही छलफलबाट निचोडमा पुग्नेगरी निर्णय भने नभएको पनि उनले बताए।








प्रतिक्रिया दिनुहोस्