ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश सभा बैठकमा अवरोध गर्ने कांग्रेसको तयारी


एबीसी न्यूज

काठमाडौं ३१ बैशाख । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिनका लागि बिहान ११ बजे बस्ने भनिएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेपछि बैठक सुरु हुन नसकेको हो ।

सरकारको वैधतामा प्रश्न उठाउँदै अदालतमा मुद्दा विचाराधीन रहेको बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेस असन्तुष्ट छ । आजको प्रदेश सभा बैठकमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने जनाएको छ । यदि त्यसको बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेस केन्द्रको पदाधिकारी बैठकको यही सन्देश लिएर नेता मीन विश्वकर्मा विराटनगर पुगेका छन् । उनले अनलाइनखबरसँग भने, ‘संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने भनिएको छ ।’

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।

२७ वैशाखमा एमालेका हिक्मत कार्कीले माओवादीको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एकरएक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकार गठनको प्रक्रिया नमिलेको जिकीर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले हिक्मत कार्कीको नियुक्त बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा काम गर्न दिन अन्तरिम आदेशसमेत माग गरेका थिए ।

रिटमा गत शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुँयालको इजलासले अन्तरिम आदेश भने दिएन । तर यो मुद्दाको अन्तिम टुंगो लगाउँदा पूर्ण इजलासले निर्कयौल गर्नुपर्ने प्रश्नहरू सूचीबद्ध गर्दै आगामी जेठ ८ जेठका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com