काठमाडौं ३१ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश सरकार ९मन्त्रिपरिषद्० को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम उक्त आह्वान गर्नुभएको हो ।
यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाँलाई नेकपा ९एमाले० का ३९, नेकपा ९माओवादी केन्द्र० का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन छ ।
आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन समेत० को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्