ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभाको अधिवेशन सोमबारबाट सुरु


एबीसी न्यूज

काठमाडौं ३० बैशाख । बागमती प्रदेशसभाको अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनको रुपमा रहेको प्रदेशसभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईँले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको अधिवशेन यही वैशाख ३१ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएको जानकारी दिनुभयो ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिशमा प्रदेशसभाको बैठक प्रदेश प्रमुखले आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन रुपमा रहने प्रदेशसभाको अधिवशेन वैशाख ३१ गतेका लागि आह्वान गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

यसैबिच बागमती प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार प्रदेशसभा सचिवालयममा बस्ने भएको छ ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले दिउँसो १ बजेका लागि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सोमबारबाट सुरु हुने प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गर्नेलगायतका बारेमा छलफल गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com