ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक मन्त्रालय, तीन आकांक्षी : दबाबमा प्रचण्ड


admin

 

काठमाडौं, १० फागुन । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको औपचारिक निर्णयसँगै सरकार विस्तारको तयारीमा जुटेको छ ।

नयाँ सरकारमा जान आकांक्षीको संख्या बढेपछि मन्त्री छान्न वामगठबन्धनका दुवै दलका शीर्ष नेतृत्वलाई कठिन भएको छ।

नयाँ सरकारमा एमालेको १० र माओवादीको ६ मन्त्रालय हुने तय भएको छ । माओवादीले पाएको गृह मन्त्रालयलाई लिएर किचलो सुरु भएको छ । गृह मन्त्रालयको लागि माओवादी भित्रका तीन प्रभावशाली नेताले दाबी पेश गरेका छन्।

पार्टीभित्रका तीन प्रभावशाली नेताले एउटै मन्त्रालयमा दाबी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन्।

ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रबाट संगठन विभाग प्रमुख रामबहादुर थापा बादलले नेतृत्व गर्ने लगभग पक्कापक्की छ। तर, सरकारको नेतृत्व गर्दै गर्दा बादलले गृहमन्त्रालयसहित सरकारमा जाने रुची देखाएका छन्।

सरकारको नेतृत्व गर्ने व्यक्तिले मन्त्रालय रोज्न नपाउने माओवादीभित्र एकप्रकारको आन्तरिक समझदारी जस्तै छ। तर, शक्तिशाली मन्त्रालयको नेतृत्व गर्न बादलले इच्छा देखाएका छन्। राष्ट्रियसभामार्फत संघीय संसदमा प्रवेश गरेका बादललाई गृहमन्त्रालयसहित सरकारमा जान निकटस्थले सुझाव दिएका छन्।

गृह मन्त्रालयमा माओवादीभित्रका अर्का प्रभावशाली नेता जनार्दन शर्माले पनि दाबी गरेका छन्। काठमाडौंमा लोडसेडिङ अन्त्य गर्दै देशैभरि लोडसेडिङ घटाएर सफल ऊर्जामन्त्रीको वाहवाही पाएका शर्माले यसअघि गृहमन्त्रालयको समेत नेतृत्व गरिसकेका छन्। पार्टी एकता प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भूमिकामा रहेको भनिएका शर्माले क्षमता र कार्यसम्पादनको दृष्टिकोणबाट समेत गृह मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन्। संगठन विभाग प्रमुख बादलले गृह मन्त्रालयको दाबी छाडेमा शर्माको पल्लाभारी हुने माओवादी केन्द्रभित्र चर्चा छ।

अर्का नेता वर्षमान पुन समेत गृहमन्त्रीको आकांक्षीका रुपमा अगाडि आएका छन्। पार्टी अध्यक्ष प्रचण्ड निकट नेता पुनले नयाँ सरकारमा गृह मन्त्रालय पाए जाने बताउँदै आएका छन्। माओवादीकै अर्का नेता कृण्णबहादुर महराले समेत उनलाई समर्थन गरेका छन्। दुई रोल्पाली नेता महरा र पुन पार्टीभित्र एकअर्काको हित चाहने नेताका रुपमा चिनिन्छन् । यद्दपि महरा यो सरकारमा जान नपाउने भएपछि पुनलाई अगाडि सार्दै सभामुखमा आफ्नो दाबी पेश गर्न चाहन्छन्।

पुनले सभामुखमा ओनसरी घर्तीलाई निरन्तरता दिने शर्तमा नयाँ सरकारमा दाबी नगर्ने बताउँदै आएको माओवादीकै एक नेताले बताए। तर, सभामुखमा एउटै व्यक्ति दोहोर्‍याउन नहुने आवाज पार्टीभित्र उठ्न थालेपछि पुनले गृहमन्त्री बन्न जोडबल सुरु गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com