ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास आयोजनाका लागि गहन अध्ययन आवश्यक


एबीसी न्यूज

काठमाडौं ३० बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास निर्माणका काम निकै सुस्त तथा अनावश्यक कार्यमा लगानी गरेको आफूले पाएको बताउनुभयो । तराई मधेशको हुलाकी राजमार्गमा संवाद यात्रा गर्दा आफूले त्यस्तो अवस्था पाएको उहाँले बताउनुभयो ।

सेन्टर फर डमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० ले ‘तराई मधेशको सन्दर्भमा विकासको भविष्य’ विषयमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कतिपय विकास निर्माणका लागि थोरै रकम दिएपछि पूरा हुने खालको छ भने कतिपय विकास निर्माण अनावश्यक तरिकाले तयार गरेर राखिए पनि प्रयोगमा नआएको बताउनुभयो । पालिका पालिकामा अस्पतालका लागि भवन बनेका छन् तर प्रयोगमा नआएका कारण कतिपय ठाउँमा त्यो खण्डहरको अवस्थामा पुगेको बताउँदै उहाँले विकासको योजना बनाउँदा त्यसका सान्दर्भिकता र आवश्यकतालाई हेरेर तय गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

तराई मधेशमा घुम्दा पानीमा समस्या छ भने थाहा भयो, हाहाकारकै अवस्था छ जस्तो जानकारी गराइएको थियो तर पछि अध्ययन गर्दा अवस्था फरक देखिएको बताउँदै उहाँले त्यसको बारेमा बृहत् अध्ययनको आवश्यकता रहेको बताउनुभयो । सिक्टा आयोजना सकिने बेलासम्म खेतमा धान होइन घर फल्छ भनि टिप्पणी हुने गरेको बताउँदै उहाँले आयोजनाको काम थालनी गर्दा त्यसको हरेक पाटोको अध्ययन गरेर मात्र सुरुवात गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग पैसा नभएर सिक्टा नबनेको होइन हामी गलत ठाउँमा लगानी गरेका छौँ । काठमाडौँमा ठुला ठुला भवन बनाएर अनावश्यक खर्च हुन्छ तर थोरै पैसा लगानी गरेपछि धेरै फाइदा हुने ठाउँमा लगानी छैन ।” सिँचाइको व्यवस्था भयो भने उत्पादन आफैँ वृद्धि हुने बताउँदै उहाँले तराई मधेशमा साना साना आयोजना छन् तर सम्पन्न नभएको बताउनुभयो । हुलाकी सडक वरिपरि थोरै स्रोत परिचालन ग¥यो भने उत्पादन ह्वात्तै बढ्ने उहाँले धारणा राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। विश्व पौडेलले चुरे बचाऊँको नाममा त्यहाँ अर्बौं लगानी भइरहेको छ तर त्यसका बारेमा गहन अध्ययन नभएको बताउनुभयो । पानीको समस्या छ तर सबै ठाउँमा एकैनासको समस्या नरहेको उहाँले बताउनुभयो । अध्ययनका लागि जनशक्ति चाहिन्छ तर नेपालमा त्यो जनशक्तिको अभाव रहेको बताउँदै उहाँले मन्त्रालय–मन्त्रालयको बिचमा पनि समन्वय नरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकास गर्नका लागि रिस्क नलिएसम्म केही हँुदैन, कहिले अमेरिकाको डर देखाइरहेका हुन्छन् त कहिले भारतको त कहिले चाइनाको, एमसिसी आयो भने अमेरिकी आर्मी आउँछन् भन्छन् कहिले यो विकास भयो भने भारतको हाबी हुन्छन् भन्छन् यो तरिकाले विकास गर्न सकिँदैन विकास गर्नका लागि रिस्क लिनु पर्छ ।”

उहाँले नेपालसँग स्रोत भए पनि विकास गर्न नसकेको बताउँदै उहाँले विगत सात वर्षदेखि नेपालमा विकासको नाममा अराजकता भइरहेको टिप्पणी गर्नुभयो । भूकम्पको समयमा अनावश्यक रूपमा रकम वितरण भयो जुन आवश्यक नरहेको उहाँको टिप्पणी थियो ।

मधेशको मान्छेलाई आफ्नो नमानेका कारण त्यहाँ विकास नभएको बताउँदै उहाँले तराईलाई हिमाल–पहाडसँग कनेक्ट नगरेसम्म त्यहाँ विकास नहुने धारणा राख्नुभयो । भारतसँग मधेशले प्रतिस्पर्धा गर्न सक्दैन यता पहाडसँग उसको सम्बन्ध छैन भन्दै उहाँले यसका लागि सडक तथा यतायातमार्फत पहाड र हिमालसँग कनेक्ट गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मधेश इजरायलको गाजापट्टी जस्तो बसेको छ ।”

पुल्चोक इन्जिनियर क्याम्पसका प्राध्यापक पवनकुमार भट्टराईले तराईमा पानीको सुरक्षा बारेमा फरक फरक बुझाइरहेको बताउँदै त्यहाँ एकनासको समस्या नरहेको बताउनुभयो । तराईमा पानीको मुख्य स्रोत जमिन मुनिको पानी हो, त्यसलाई कसरी संरक्षण गर्ने, त्यसलाई कसरी प्रयोगमा ल्याउने विषयमा फरक फरक बुझाइरहेको बताउँदै उहाँले जमिनमुनिको पानीको सतह घटिरहेको छ तर किन घटिरहेको छ यसको बारेमा अध्ययन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक ठाउँमा पानी घट्यो भने सबैतिर त्यस्तै हुन्छ भने छैन । तराईमा पानी सुरक्षाको समस्या आउन सक्ने भएकाले त्यसका बारेमा गहन अध्ययनको आवश्यकता रहेछ ।”

पूर्वसचिव अर्जुनजङ्ग थापाले हुलाकी सडकको लम्बाइ अनावश्यक रूपमा बढिरहेको छ, अध्ययन गरी त्यसलाई घटाउन सकिने बताउनुभयो । रुख कटान, सीमा विवाद, मुआब्जा विवादका कारण तोकिएको समयमा हुलाकी सडकको काम सम्पन्न नभएको बताउँदै उहाँले हालसम्म हुलाकी सडक निर्माणका लागि ६२ अर्ब रुपियाँ खर्च भइरहेको छ र ६० प्रतिशत काम मात्र भएको बताउनुभयो । हुलाकी सडक पूर्ण रूपमा निर्माण गर्नका लागि अझै ४८ अर्ब ६२ करोड रुपियाँ चाहिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com