ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ६ मा सुरक्षा व्यवस्थापनका लागि कार्यदल गठन


admin

काठमाडौं, १० फागुन । प्रदेश नम्बर ६ को शान्ति सुरक्षालाई व्यवस्थित गर्नका लागि तीन वटा कार्यदल गठन गरिएको छ।

प्रदेश समृद्धिका लागि शान्ति सुरक्षालाई पहिलो आधार बनाएर तीन कार्यदल गठन गरिएको हो।

यहि फागुन १९ गतदेखि काम गर्ने गरी तीन वटा कार्यदल गठन गरिएको हो।प्रदेशको सुरक्षालाई मजबुत बनाउन कार्यदलले काम गर्ने छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहको संयोजकत्वमा ‘समृद्धिका लागि शान्ति सुरक्षा’ कार्यदल गठन गरिएको छ।

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप–सचिव भक्तबहादुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार खिउजु र प्रहरी निरीक्षक जनकराज छन्।

यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप(सचिव कार्कीको संयोजकत्वमा ‘डिजिटल प्रदेश निर्माण’ कार्यदल गठन गरिएको छ।

कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलमा ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीबहादुर वली, क्षेत्रीय हुलाक निर्देशनालयका निर्देशक रेखा गौतम, रेडियो नेपालका प्रमुख राम पुकार राम, नेपाल टेलिकमका प्रमुख नमराज खतिवडा र पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती छन्।

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत तुलसा गैह्रेको संयोजकत्वमा चार सदस्यिय कानून मस्यौदासम्वन्धि कार्यदल गठन गरिएको छ। जसमा मन्त्रालयका लेखा अधिकृत प्रविन सारु, कम्प्यूटर अपरेटर रुद्रबहादुर भण्डारी, खरिदार दविलाल बुढा रहेका छन्।

कार्यदलहरुले प्रदेश समृद्धिका लागि शान्ति स्थापना, डिजिटल प्रदेश निर्माणको अध्ययन र आवश्यक कानून निर्माण तथा सुझाव संकलन गर्नेछ।

गृहमन्त्रालयलाई कार्यक्षेत्र बनाएको मन्त्रालयले प्रदेशको समृद्धि र विकासका लागि आवश्यक सुरक्षा व्यवस्था सम्वन्धि आमनागरिकबाट सुझाव संकलन थालिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले अबको केही महिनामा ६ नम्बर प्रदेशलाई शान्ति र सुरक्षाका हिसावले अब्‍बल प्रदेश बनाइने बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु (अपडेट)

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com